2026-07-24 11:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

व्यवसायिक तरकारी उत्पादनसम्बन्धी कृषक युवाहरुलाई तालीम दिईयो

फागुन १६, डडेल्धुरा । जिल्लाका बिभिन्न स्थानबाट छनौट भएका युवा कृषकहरुलाई चार दिने तालीम डडेल्धुरामा सम्पन्न भएको छ ।

जिल्लाका अगुवा ६० जना कृषकलाई युवा लक्षित व्यवसायिक तरकारी उत्पादन कार्यक्रम अन्र्तगत व्यवसायिक तरकारी खेती सम्बन्धि तिन दिने सम्पन्न भएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

तरकारी खेतीका लागि उपयुक्त र संम्भाबित क्षेत्रका बिभिन्न तरकारी खेती गर्दै आईरहेका कृषकहरुको ओबदन छनौैट भई आएका अगुवा किसानहरुलाई व्यवसायिक योजना, बाली संरक्षण, बेमौसमी तरकारी खेती प्रबिधि ,बालीको उपचार , बजारीकरण लगायत बाली बीमा सम्बन्धि बिभिन्न कृषि प्रणालीका बारेमा तालीमका विषयहरु रहेको बागबानी विकास अधिकत सुदिप देवकोटाले जानकारी दिएका छन ।

फागुन १३ देखि १५ सम्म युवा लक्षित व्यवसायिक तरकारी उत्पादन र एक दिन बालीबीमा सम्बन्धि तालीम पाए पछि कृषकहरु पनि उत्साहित भएका छन । तालीमको समापन कार्यक्रममा आफ्नो अनुभव सुनाउदै सहभागि देवलदिव्यपुरका कृषक धनेश्वर पन्त र अर्का सहभागि मञ्जु ऐरले तालीममा आफूले पाएको कृषि सम्बन्धि ज्ञानहरु व्यबहारमा लागु गरे कृषकको आयआर्जनस्तर बृद्धि हुनुका साथै समुदाय पनि उत्प्ररित हुने भएकोले तालीमलाई सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

क्षेत्रीय कृषि निर्देशनालयका बरिष्ठ बागबानी विकास अधिकृत राजेश केसी, जिल्ला कृषि विकास कार्यालय डडेल्धुराका कृषि प्राबिधिक अधिकृतहरुले तालीम दिएका थिए ।

समापन कार्यक्रममा बोल्दै जिल्ला कृषि विकास कार्यालय डडेल्धुराका बरिष्ठ कषि विकास अधिकृत दिनेश प्रसाद सापकोटाले सरकारले ल्याएको युवा लक्षित कार्यक्रम र कृषकका लागि प्रदान गरेको तालीमबाट कृषकहरु प्रत्यक्ष लाभान्वित हुने भएकाले कार्यक्रमको उद्देश्यलाई सफल पार्न कृषकहरु माटोसँग तालीम लिनु बाकी रहेको बताउदै जिल्लाको कृषि विकासमा तालीम उपलब्धीपूर्ण हुने विश्वास व्यक्त गर्नु भएको थियो । -टेक राज अबस्थीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक