पढ्न करिब 1 मिनेट लाग्छ

श्याम थापा/चैत ३१, नवलपरासी । नवलपरासी जिल्ला प्रतापपुर गाउँपालिका वार्ड न ९ मा आज बिहान ११ बजे आगो लागेर रामराज चमारको घर जलेर पुर्ण रुपमा नस्ट भएको छ ।

सोहि स्थानमा बस्ने छिमेकी लालचन चमारले आफ्नो खेतको झारपात सरसफाइको लागि डढेलाे लागाएको आगोले रामराज चमारको घरमा आगो लागेको स्थानीयहरुले बताएका छन । आगोले रामराज चमार को घरको पुर्णरुपमा क्षति पुराएको छ भने आवश्यक कागजात,लत्ताकपडा,३ वटा मोबाइल,खाद्यान्न सामग्रीहरु र नगद रकम ७ हजार लगायतका अन्य सामग्रीहरु जलेर करिब ५० हजार बराबरको क्षति पुराएको छ ।

आगोलाई स्थानीयबासीहरु र ईलाका प्रहरी कार्यलय बेलाटारीका प्रहरीलेहरुले नियन्त्रणमा लिएको हो ।