वैशाख १, काठमाडौं । नवलपरासीमा डेरा गरि बस्ने एक शिक्षकलाइ घरबेटीले कोदालो प्रहार गरि हत्या गरेका छन् ।

नवलपरासीको गैंडाकोट नगरपालिका –२ का विष्णु पौडेल क्षेत्रीलाई कोदालो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

नवलपरासी दुम्किवास नगरपालिका–१ घर भएका शेषकान्त रिमाललाई उनले कोदालाले हानेर घाइते बनाएका थिए । क्षेत्रीको घरमा डेरा गरी बस्दै आएका रिमालले सरस्वति बोर्डिङ स्कूलमा पढाउदै आएका थिए ।

घाइते शिक्षक रिमालको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुर चितवनमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

April 14, 2017
नवलपुर - NWL, समाज
नवलपरासीमा डेरामा बस्ने शिक्षकलाई घरेबटीद्वारा कोदालो प्रहार गरि हत्या
By kit
2 मिनेट पढाइ