बैशाख १, नवलपरासी । नवलपरासीको सदरमुकाम परासीमा मुस्लिम समुदायको एक दिने धार्मिक प्रवचन (जल्सा) कार्यक्रम सकिएको छ । 

ईस्लाम धर्मको संरक्षण र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख १, नवलपरासी । नवलपरासीको सदरमुकाम परासीमा मुस्लिम समुदायको एक दिने धार्मिक प्रवचन (जल्सा) कार्यक्रम सकिएको छ । 

ईस्लाम धर्मको संरक्षण र"/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

ईस्लाम धर्मको संरक्षणमा मुस्लिम एकता जरुरी: ईस्लाम धर्मावलम्बी

२०७४, १ बैशाख शुक्रबार १४:४३


बैशाख १, नवलपरासी । नवलपरासीको सदरमुकाम परासीमा मुस्लिम समुदायको एक दिने धार्मिक प्रवचन (जल्सा) कार्यक्रम सकिएको छ । 

ईस्लाम धर्मको संरक्षण र प्रवद्र्धनमा मुस्लिम समुदायको एकता गर्ने उद्देश्यले आयोजित प्रवचन कार्यक्रम वक्ताहरुले ईस्लाम धर्मको संरक्षणमा मुस्लिमहरुको एकता आवश्यक रहेको बताए ।

सदरमुकाम परासी स्थित जामिया फैजाने अहलेबैत मदरसाले आयोजना गरेको फैजाने अहले बैत कान्फ्रेन्स (धार्मिक प्रवचन/जल्सा) मा वक्ताहरुले मुस्लिम समुदाय राज्यको पहुँचबाट पछडिदै गएको अवस्थामा राज्यले यस समुदायमा पनि आफनो विशेष ध्यान पु¥याउन आवश्यक रहेको विचार व्यक्त गरे । नेपालमा मुस्लिम समुदाय न्युन र पिछडिएको अवस्थामा छन्  जुन शिक्षा, जनचेतना र आर्थिक अभावको कारण पिछडिएका छन् । मुस्लिमहरुको शिक्षामा पहुँच र आर्थिक स्तर माथि उठाउन राज्यले विभिन्न प्रकारको जनचेतना मुलक र शिप मुलक कार्यक्रमको आयोजना गर्न आवश्यक रहेको वक्ताहरुले किटान गरे ।  


नेपालमा उच्च उर्दु शिक्षाको कमी, उर्दु शिक्षकको दरबन्दी र सरकारद्धारा प्रदान गरिने विभिन्न सेवा सुविधाबाट मुस्लिम समुदाय बन्चित रहेको अवस्था छ । सरकारले सयस समुदायकोे आवश्यकता पहिचान गरि सहयोग गर्न वक्ताहरुले सरकारलाई आग्रह गरे ।  

जामिया फैजाने अहलेबैत मदरसाका प्रधानाध्यापक मौलाना सैयद गुलाम हुसैनको अध्यक्षतामा भएको कार्यक्रममा भारतको एलाहाबाद निवासी धर्मावलम्बी सैयद गुलाम गौस, कुशीनगरका सैयद एक्बाल अहमद, भैरहवाँ, रुपन्देही नेपालका मौलाना सिद्दिक अहमद, विहारको देवरिया निवासी सैयद हेदायतुल्लाह सम्सी, महराज गंजको निचलौल निवासी मौलाना खालिद रजा,  देवा शरिफका मौलाना ग्यासुद्दिन अलि, मौलाना, तसलिम रजा, मौलाना ताजुद्दिन अलि, मौलाना, उमर निजामी, मौलाना सैयद ईरफान अहमद, मौलाना, अमिरुल्लाह अंसारी, मौलाना, अलाउद्दिन अंसारी, स्थानिय समाजसेवी हाजी ईस्हाक मिँया, हाजी अलाउद्दिन अंसारी, युवा समाजसेवी अमिरुल्लाह मिँया, कासिद अलि लगायतले बोलेका थिए ।


कार्यक्रममा विगत दुई वर्षदेखि मुस्लिम समुदायको हकहितको क्षेत्रमा क्रियाशिल भई काम गर्दै आएको तन्जिमुल ओल्मा युनियन नवलपरासीका सम्पुर्ण पदाधिकारी एवं सदस्यहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल भारत गरि करिब हजारको संख्यामा श्रोताहरुको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै