बैशाख १, पाल्पा । जिल्लाकै विकट र दुर्गम क्षेत्र अर्चलेको बोगादी खोलामा झोलुङ्गे पुल बनेपछि दुर्गमका बासिन्दा उत्साहित भएका छन् । 

निस्दी गाउँपालिका–६"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १, पाल्पा । जिल्लाकै विकट र दुर्गम क्षेत्र अर्चलेको बोगादी खोलामा झोलुङ्गे पुल बनेपछि दुर्गमका बासिन्दा उत्साहित भएका छन् । 

निस्दी गाउँपालिका–६"/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

दुर्गममा झोलुङ्गे पुल बनेपछि स्थानीयवासी उत्साहित

२०७४, २ बैशाख शनिबार ०७:४५

बैशाख २, पाल्पा । जिल्लाकै विकट र दुर्गम क्षेत्र अर्चलेको बोगादी खोलामा झोलुङ्गे पुल बनेपछि दुर्गमका बासिन्दा उत्साहित भएका छन् । 

निस्दी गाउँपालिका–६ को चिदिया र सातदोबाटो जोड्ने यस खोलामा झोलुङ्गे पुल नबन्दा यहाँका स्थानीयवासीले वर्षौंदेखि निकै सास्ती भोग्दै आएका थिए । अहिले पुल बनेसँगै यस क्षेत्रका स्थानीयवासीले खुसी व्यक्त गरेका छन् । 

क्षेत्र विकास अन्तर्गत पोखराको रु १७ लाख ६० हजार ३ सय ६, साविकको जिल्ला विकास समिति पाल्पाको रु ६९ हजार ४३५, अर्चले गाविसबाट रु ४८ हजार आठ सय ३३, स्थानीयवासीको जनश्रमदानबाट रु ४६ हजार ७२५ गरी जम्मा १९ लाख २५ हजार २७४ रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएको पुल निर्माण समितिका अध्यक्ष कृष्णबहादुर सुनारीले जानकारी दिनुभयो । 

इन्द्रेणी समाज केन्द्रको प्राविधिक सहयोगमा निर्माण भएको पुलको ५६ मिटर लम्बाइ रहेको छ । यहाँ निर्माण भएको पुलबाट, अर्चले, मित्याल र ज्यामिरे आसपासका झन्डै एक हजार ५०० स्थानीयवासी लाभान्वित हुने भएका छन् । 

गाउँमा पुल नबन्दा वर्षाद्को समयमा विद्यालय जाने विद्यार्थी खोला तर्न नसकेर बिचबाटै घर फर्कन बाध्य थिए, भने स्थानीयवासीले दैनिक जीवनयापन चलाउन निकै कष्ट भोग्दै आएका थिए । 

८० वर्षीय तिलिसरा सुनारीले यस खोलामा पुल बन्छ, भन्ने कहिल्यै कल्पना पनि गर्नुभएको थिएन, अहिले पुल बनेको देख्न पाउदा आफूलाई निकै खुसी लागेको बताउनुहुन्छ । 

गत असोज २ गते सम्झौता भई काम सुरु भएको पुल छोटो समयमा नै जिल्लामै पहिलो नमुनाका रुपमा पुल निर्माण गर्न उपभोक्ता समिति सफल भएको पुल निर्माण उपभोक्ता समितिका सचिव यमबहादुर सार्कीले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै