Skip to content
Friday, July 17, 2026 Nepali Online Media

दुर्गममा झोलुङ्गे पुल बनेपछि स्थानीयवासी उत्साहित

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

बैशाख २, पाल्पा । जिल्लाकै विकट र दुर्गम क्षेत्र अर्चलेको बोगादी खोलामा झोलुङ्गे पुल बनेपछि दुर्गमका बासिन्दा उत्साहित भएका छन् ।

निस्दी गाउँपालिका–६ को चिदिया र सातदोबाटो जोड्ने यस खोलामा झोलुङ्गे पुल नबन्दा यहाँका स्थानीयवासीले वर्षौंदेखि निकै सास्ती भोग्दै आएका थिए । अहिले पुल बनेसँगै यस क्षेत्रका स्थानीयवासीले खुसी व्यक्त गरेका छन् ।

क्षेत्र विकास अन्तर्गत पोखराको रु १७ लाख ६० हजार ३ सय ६, साविकको जिल्ला विकास समिति पाल्पाको रु ६९ हजार ४३५, अर्चले गाविसबाट रु ४८ हजार आठ सय ३३, स्थानीयवासीको जनश्रमदानबाट रु ४६ हजार ७२५ गरी जम्मा १९ लाख २५ हजार २७४ रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएको पुल निर्माण समितिका अध्यक्ष कृष्णबहादुर सुनारीले जानकारी दिनुभयो ।

इन्द्रेणी समाज केन्द्रको प्राविधिक सहयोगमा निर्माण भएको पुलको ५६ मिटर लम्बाइ रहेको छ । यहाँ निर्माण भएको पुलबाट, अर्चले, मित्याल र ज्यामिरे आसपासका झन्डै एक हजार ५०० स्थानीयवासी लाभान्वित हुने भएका छन् ।

गाउँमा पुल नबन्दा वर्षाद्को समयमा विद्यालय जाने विद्यार्थी खोला तर्न नसकेर बिचबाटै घर फर्कन बाध्य थिए, भने स्थानीयवासीले दैनिक जीवनयापन चलाउन निकै कष्ट भोग्दै आएका थिए ।

८० वर्षीय तिलिसरा सुनारीले यस खोलामा पुल बन्छ, भन्ने कहिल्यै कल्पना पनि गर्नुभएको थिएन, अहिले पुल बनेको देख्न पाउदा आफूलाई निकै खुसी लागेको बताउनुहुन्छ ।

गत असोज २ गते सम्झौता भई काम सुरु भएको पुल छोटो समयमा नै जिल्लामै पहिलो नमुनाका रुपमा पुल निर्माण गर्न उपभोक्ता समिति सफल भएको पुल निर्माण उपभोक्ता समितिका सचिव यमबहादुर सार्कीले बताउनुभयो । रासस