३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

‘कृषि पर्यटन र जलबिधुतबाट अर्घाखाँचीलाई समृद्ध बनाउनुपर्छ’

२ बैशाख २०७४, शनिबार ०७:५५

बैशाख २, अर्घाखाँची । राज्यबाट प्रयाप्त वजेट विनियोजन भएमा  जिल्लालाई समृद्ध बनाउन सकिनेमा एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । 

उनीहरुले कृषि पर्यटन जलविद्युतबाट जिल्लालाई पाँच नम्वर प्रदेशकै नमूना जिल्ला बनाउ सकिने औंल्याए । नेपाल राष्ट्र वैंक अनुसन्धान विभागले गरेको आर्थिक वर्ष २०७४/७५ का लागि पूर्व वजेटतालिका अन्तत्र्रिmया कार्यक्रममा बोल्ने वक्ताहरु प्रचुर मात्रामा रहेका संभावनाहरुलाई पहिचान गरेर विकास निर्माणलाई तिव्रता दिनु पर्ने बताए ।

उद्योग वाणिज्य संघका महासचिव नेत्र भुसालले अर्घाखाँचीको जलुकेमा अवस्थित नैमुरे जलविद्युत आयोजना अलपत्र अवस्थामा रहेको भन्दै आयोजना निर्माणको कामलाई अघि बढाउन राष्ट्र वैंकले सहयोग गर्नु पर्ने बताए । 

उनले जिल्लामा धेरै पर्यटकीय स्थलहरु रहेको बताउँदै लुम्विनीमा आएका पर्यटकहरुलाई जिल्ला भित्राउनका लागि गुरुयोजनाका साथ लाग्नु पर्ने बताए । ‘गोरुसिङ्गे– सन्धिखर्क सडकलाई पर्यटकीय मार्ग बनाउन सकिन्छ’ उनले भने, ‘सडकको अवस्था निकै नाजुक  रहेकालाई दुइलेनको बनाउनु पर्छ ।’ उनले कृषिको धेरै  संभावना रहँदा रहँदै पनि न्यून वजेटका कारण यस क्षेत्रको विस्तार र विकास हुन नसकेको बताए । 

पाणिनि वहुमुखी क्याम्पसका सहप्रध्यापक उत्तममणि मिश्रले उच्च शिक्षाका लागि विद्यार्थीहरु बाहिर  जान परिरहेको बताए । ‘विभिन्न कोर्षहरुको अध्ययन जिल्लामा गर्न पाउने व्यवस्था मिलाइनुपर्छ’ उनले भने, ‘सञ्चालनमा आएका क्याम्पसहरुको भौतिक पूर्वाधारको अवस्था समेत निकै कमजोर रहेको छ ।’ 

उनले जिल्लाको दक्षिण खाँचीमा प्रशस्तै जङ्गल र जटीवुटी रहेकाले जङ्गल र जडीवुटीबाट पनि प्रशस्तै आम्दानी लिन सकिने बताए । सुनचाँदी व्यवसायी संघका अध्यक्ष कृष्ण सुनारले सुनको कारोबारलाई वैंकबाट गराउनुपर्ने बताए । ‘भनेको समयमा सुन पाइँदैन’ उनले भने, ‘बाहिरबाट ल्याउँदा सुरक्षाको अभाव हुने गरेको छ ।’ 

सिंचाइ डिभिजन कार्यालयका प्रमुख टंकबहादुर केसीले  जिल्लामा सिंचाइको निकै समस्या भएको बताए ।  उनले सिंचाइको व्यवस्थाका लागि दीर्घकालीन महत्वका आयोजनाहरु निर्माण गर्नुपर्ने बताए । ‘कृषि योग्य जमिन धमाधम प्लटिङ भइरहेका छन्’ उनले भने, ‘भूउपयोग नीति बनाएर मात्र प्लटिङ गर्नेतर्फ कसैको ध्यान जान सकेको छैन ।’ जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत नन्दलाल पाण्डेले  कृषिबाट जिल्लालाई आत्मनिर्भर बनाउन सकिने बताए । 

उनले खाद्यमा आत्म निर्भर बनाउनका लागि उन्नत जातका विउ विजनको उत्पादन गर्ने काममा लागिरहेको बताए ।  ‘जमिन बाझो राखन नपाइने सरकारका नीतिलाई पूर्ण कार्यान्वयन गराउने दिशा लागिरहेका छौं’ उनले भने ।

 प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेलले  राष्ट्र वैंकको  पूर्व वजेट तालिका कार्यक्रमले जिल्लाको विकासमा ठूलो टेवा पुग्ने विश्वास लिएको बताए । ‘संभावनाहरु यहाँ धेरै छन्’ उनले भने, ‘सबैलाई उजागर गर्दै विकास निर्माणलाई तीव्रता दिनुपर्छ ।’ उनले जिल्लामा धेरै मात्रामा रेमिटान्स भित्रने गरेको भएपनि सहि ढंगले प्रयोगमा आउन नसकेको बताए । 

राष्ट्र वैंकका अनुसन्धान विभागका क«ार्यकारी निर्देशक  नरबहादुर थापाले जिल्लामा विकासका थुप्रै आधारहरु रहेको बताउँदै विकासका लागि सबैको हातेमालो हुनु पर्ने बताए । आगामी वर्षको वजेट विनियोजनमा यहाँको विकासका लागि वजेट विनियोजनका लागि आफूले प्रस्ताव लैजाने बताए ।  

उनले राष्ट्र वैंक सरकारको आर्थिक सल्लाहकार समेत रहेकाले मौद्रिक नीति बनाउने काममा लागिरहेको बताए ।  देश संघिय संरचनामा गइसकेको भन्दै उनले वैंकिङ्ग प्रणलीलाई संघिय प्रणलीसँग कसरी जोड्ने भन्ने विषयमा राष्ट्र वैंकले योजनाहरु बनाउन लागेको बताए । 

उनले नेपालको कर प्रणाली छिमेकी राष्ट्र भारतको भन्दा पनि निकै उच्च रहेको बताए । ‘कर प्रणलीमा सुधार आउनाले सरकारले ठूला ठूला परियोजना सञ्चालनमा ल्याउन सफल भएको छ’  उनले भने ।  उनले विनियोजित वजेट समयमै खर्च गर्न नसक्दा विकास निर्माणका कामहरु ओझेलमा परिरहेका भन्दै चिन्ता समेत व्यक्त गरे ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड