पर्वत । शुक्रबार साँझ वर्षासँगै परेको असिनाले पर्वतमा नगदे तथा खाद्यान्य बालीमा टूलो क्षति पुगेको छ । फलेवास नगरपालिकासहित फलामखानीमा परेको असिनाका कारण सुन्तला, तरकारी बाली र काटने अवस्थामा रहेको गहुँ बालीमा क्षति र्पुयाएको हो "/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । शुक्रबार साँझ वर्षासँगै परेको असिनाले पर्वतमा नगदे तथा खाद्यान्य बालीमा टूलो क्षति पुगेको छ । फलेवास नगरपालिकासहित फलामखानीमा परेको असिनाका कारण सुन्तला, तरकारी बाली र काटने अवस्थामा रहेको गहुँ बालीमा क्षति र्पुयाएको हो "/>
२०८३, २२ जेष्ठ शुक्रबार
पर्बत - PBT

असिनाले बालीनाली सखाप, कृषक चिन्तित

२०७४, २ बैशाख शनिबार १०:४९

पर्वत । शुक्रबार साँझ वर्षासँगै परेको असिनाले पर्वतमा नगदे तथा खाद्यान्य बालीमा टूलो क्षति पुगेको छ । फलेवास नगरपालिकासहित फलामखानीमा परेको असिनाका कारण सुन्तला, तरकारी बाली र काटने अवस्थामा रहेको गहुँ बालीमा क्षति र्पुयाएको हो ।

असिनाले बतिला लाग्दै गरेको सुन्तला,काँक्रा, लौका, फर्सी, भिन्डी, साग, कोपी र गहुँ लगाएतको बालीमा क्षति र्पुयाएको कृषकले बताएका छन् ।

करिब एक घण्टा लगातार परेको असिनाले फलेवास नगरपालिकाको ठानामौला र लिमीठाना,पाङग्राङमा किसानहरुको फुल्दै गरेका सुन्तला नष्ट भएका छन् । यतिबेला सुन्तला फूल खेल्ने बेला हो ।

पर्वतको ठानामौला र लिमिठानाका किसानहरुको मुख्य आम्दानीको श्रोत सुन्तला तथा तरकारी खेती हो । असिना पानीले खेती नष्ट गरेपछि उनीहरु चिन्तित बनेका छन् । यहाँका एएटै किसानले सुन्तला बाट बार्षीक करिब १२ लाखको आम्दानी गर्दै आएका छन् ।

http://suchanakendra.com/wp-content/uploads/2017/04/

उक्त ठाउँमा सुन्तलाको फूलमा बढी क्षति र्पुयाएको जिल्ला कृषि विकास कार्यालय पर्वतले जानाएको छ । कार्यालय अनुसार अहिले सुन्तलाको फूल फुल्ने समय भएकाले अधिकांश गाविसका कृषकले लगाएको सुन्तलाको फूल असिनाले झार्दा यस वर्ष सुन्तला उत्पादनमा कमी आउने देखिएको छ ।

काक्रा खेतीको पकेट क्षत्र मानिने पाङग्राङमा समेत असिनाले भर्खरै रोपेको काक्राका चिचिलो नष्ट गरेपछी किसना मर्कामा परेका छन् । उनीहरुले काक्रा बाट लाखौँ आम्दानी गर्दै आएका छन् ।

जिल्ला कृषि विकास कार्यालय पर्वतले क्षतिको विवरण आज शनिवार भएकाले आईतबार विहानै देखि संकलन गर्ने काम गर्ने बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिनुभयो । शुक्रबार साँझ वर्षासँगै करीव आधा घन्टा असिना परेको थियो ।

-माधब पराजुलीबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली