ललित बोहरा/बैशाख २, डडेल्धुरा । पानी दिने देवताका रुपमा परिचित डडेल्धुरा जिल्लाको अमरगढी ३ डोटी घटालमा रहेको प्रसिद्ध धार्मीक स्थल घटालथानमा नयाँबर्षको मेला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ललित बोहरा/बैशाख २, डडेल्धुरा । पानी दिने देवताका रुपमा परिचित डडेल्धुरा जिल्लाको अमरगढी ३ डोटी घटालमा रहेको प्रसिद्ध धार्मीक स्थल घटालथानमा नयाँबर्षको मेला"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको प्रसिद्ध धार्मीकस्थल घटाल थानमा मेला सम्पन्न

३ बैशाख २०७४, आईतवार ०३:५९


ललित बोहरा/बैशाख २, डडेल्धुरा । पानी दिने देवताका रुपमा परिचित डडेल्धुरा जिल्लाको अमरगढी ३ डोटी घटालमा रहेको प्रसिद्ध धार्मीक स्थल घटालथानमा नयाँबर्षको मेला सनीबार सम्पन्न भएको छ ।

बैशाख सक्रान्तीका दिन देखी लागेको मेला सनीबार सम्पन्न भएको हो । पहिलो दिन घटालथानमा पुजा पाठ गरि रातभरी जाग्राम वस्ने गरिन्छ भने दोस्रो दिन सनीबार विभिन्न स्थानबाट श्रद्धालुभक्तजन जम्माभई मेला लागेको छ ।

घटालस्थानमा हरेक नयाँ वर्षको पहिलो दिन पूजा हुन्छ भने २ गतेका दिन  मेला लाग्ने गर्दछ । मेलामा धामीहरूले आ–आफ्ना समस्या समाधानका निम्ति गएकाहरू लाई म्याद दिएरै समस्या हल गरिदिने आश्वासन दिने गर्दछन् ।

देउताको प्रभाव र शक्तिलाई प्रदर्शन गर्नका लागि धामीहरुले बालुवा खाएर शक्ति प्रर्दशन समेत गरेका छन् । धामीहरूले पहिले–पहिले ६० घडा बालुवा र ६० घडा पानी खाने गर्थे भन्ने किंबदन्ती स्थानीय रुपमा प्रचलित छ । मुखभरीको बालुवा पानीसँगै घुटुघुटु निल्दा पनि दैवी शक्तिकै कारण स्वास्थ्यमा कुनै समस्या नदेखिने धामीहरू बतचाउछन् ।


आफ्नो मनोकामना पुरा भएका हरूले यहाँ विभिन्न पशुपंक्षीको बली दिने चलन पनि रहि आएको छ । किंवदन्ती अनुसार राजा नागी मल्लकी पुत्र विहिन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबार सम्म लग्न नसकिए पछि त्यहीं नै घटालबाबा स्थापना गरिएको बताइन्छ ।

डडेल्धुरा, डोटी लगायतका पश्चिमी क्षेत्रमा आस्तिकहरू माझ घटाल बाबाले मनोकामना पुरा गरिदिने जनविश्वास रहेको पाइन्छ ।  खडेरी परेको वर्ष स्थानीयबासीले पानी देउ भन्ने नारा लगाउँदै खोलाको पानी लगेर घटालशीलाको प्वालमा हाल्छन् र वर्षाको कामना गर्ने चलन रहि आएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’