Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

डडेल्धुराको प्रसिद्ध धार्मीकस्थल घटाल थानमा मेला सम्पन्न

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

ललित बोहरा/बैशाख २, डडेल्धुरा । पानी दिने देवताका रुपमा परिचित डडेल्धुरा जिल्लाको अमरगढी ३ डोटी घटालमा रहेको प्रसिद्ध धार्मीक स्थल घटालथानमा नयाँबर्षको मेला सनीबार सम्पन्न भएको छ ।

बैशाख सक्रान्तीका दिन देखी लागेको मेला सनीबार सम्पन्न भएको हो । पहिलो दिन घटालथानमा पुजा पाठ गरि रातभरी जाग्राम वस्ने गरिन्छ भने दोस्रो दिन सनीबार विभिन्न स्थानबाट श्रद्धालुभक्तजन जम्माभई मेला लागेको छ ।

घटालस्थानमा हरेक नयाँ वर्षको पहिलो दिन पूजा हुन्छ भने २ गतेका दिन  मेला लाग्ने गर्दछ । मेलामा धामीहरूले आ–आफ्ना समस्या समाधानका निम्ति गएकाहरू लाई म्याद दिएरै समस्या हल गरिदिने आश्वासन दिने गर्दछन् ।

देउताको प्रभाव र शक्तिलाई प्रदर्शन गर्नका लागि धामीहरुले बालुवा खाएर शक्ति प्रर्दशन समेत गरेका छन् । धामीहरूले पहिले–पहिले ६० घडा बालुवा र ६० घडा पानी खाने गर्थे भन्ने किंबदन्ती स्थानीय रुपमा प्रचलित छ । मुखभरीको बालुवा पानीसँगै घुटुघुटु निल्दा पनि दैवी शक्तिकै कारण स्वास्थ्यमा कुनै समस्या नदेखिने धामीहरू बतचाउछन् ।

आफ्नो मनोकामना पुरा भएका हरूले यहाँ विभिन्न पशुपंक्षीको बली दिने चलन पनि रहि आएको छ । किंवदन्ती अनुसार राजा नागी मल्लकी पुत्र विहिन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबार सम्म लग्न नसकिए पछि त्यहीं नै घटालबाबा स्थापना गरिएको बताइन्छ ।

डडेल्धुरा, डोटी लगायतका पश्चिमी क्षेत्रमा आस्तिकहरू माझ घटाल बाबाले मनोकामना पुरा गरिदिने जनविश्वास रहेको पाइन्छ ।  खडेरी परेको वर्ष स्थानीयबासीले पानी देउ भन्ने नारा लगाउँदै खोलाको पानी लगेर घटालशीलाको प्वालमा हाल्छन् र वर्षाको कामना गर्ने चलन रहि आएको छ ।