२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

२०७४, ३ बैशाख आईतवार १०:५७

वैशाख ३,हेटौँडा। वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन प्रक्रिया सञ्चालनका लागि हेटौँडा उपमहानगरपालिका–२ स्थित जिल्ला समन्वय समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । 

सोही कार्यालयले हेटौँडा उपमहानगरपालिका क्षेत्रको प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यको निर्वाचन प्रक्रिया सञ्चालन गर्नुका साथै अन्य स्थानीय तहको निर्वाचन प्रक्रिया सञ्चालनका लागि सबै निर्वाचन अधिकृतको कार्यालयको अभिभावकको भूमिकासमेत निर्वाह गर्ने जिल्ला निर्वाचन अधिकारी गोविन्दप्रसाद पौडेलले बताउनुभएको छ । 

यसैबीच मकवानपुरको आठ गाउँपालिका र थाहा नगरपालिकामा वैशाख १२ गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने लक्ष्यका साथ कार्य भइरहेको पनि सो कार्यालयले जनाएको छ ।जिल्लामा बाग्मती गाउँपालिका, वकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, राक्सीराङ गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका र भीमफेदी गाउँपालिका रहेका छन् । जिल्लाको उत्तरीतर्पm एक मात्र थाहा नगरपालिका रहेको छ । 

मकवानपुरमा निर्वाचनको तयारी 

स्थानीय तहको निर्वाचनबाट मकवानपुर जिल्लाको आठ गाउँपालिका, एक थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिकाको क्रमशः अध्यक्ष, उपाध्यक्ष एवम् प्रमुख, उपप्रमुखसहित २० र वडा अध्यक्ष, वडा सदस्य गरी पाँच सय १० जना समेत जम्मा पाँच सय ३० जना जनप्रतिनिधि निर्वाचित हुने भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

जिल्लामा आठ गाउँपालिका, एक थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिकामा समेत गरी कुल दुई सय ९५ मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार मकवानपुरको बाग्मती गाउँपालिकामा २३, वकैया गाउँपालिकामा २६, मकवानपुरगढी गाउँपालिकामा २०, मनहरि गाउँपालिकामा २३, राक्सीराङ गाउँपालिकामा २१, कैलाश गाउँपालिकामा १९, इन्द्रसरोवर गाउँपालिकामा १४ र भीमफेदी गाउँपालिकामा १९ वटा मतदान केन्द्र तोकिएका छन् । 

यसैगरी थाहा नगरपालिकामा ३७ र हेटौँडा उपमहानगरपालिकामा ९३ वटा मतदान केन्द्र कायम छ । मकवानपुरमा जम्मा मतदाता सङ्ख्या दुई लाख २७ हजार सात सय ५९ रहेका छन् । आठ गाउँपालिकातर्पm एक लाख १६ हजार चार सय ९५, थाहा नगरपालिकामा २७ हजार ६ सय ६७ र हेटौँडा उपमहानगरपालिकामा ८३ हजार पाँच सय ९७ मतदाता रहेको सो कार्यालयले जनाएको छ । 

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन प्रक्रिया सञ्चालन गर्न निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, सहायक कर्मचारी र सहयोगी गरी करिब दुई हजार जनशक्ति परिचालन हुन सक्ने मकवानपुरका जिल्ला निर्वाचन अधिकारी गोविन्दप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो । 

जिल्लाको आठ गाउँपालिका, थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिकाका क्षेत्रमा रहने मतदान केन्द्रको संवेदनशीलतालाई अनुगमन गर्न एकीकृत सुरक्षा युनिट खडा गरी निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न उच्च प्राथमिकताका साथ सुरक्षाको तयारी भइरहेको प्रजिअ नारायणप्रसाद शर्मा दुवाडीले बताउनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा