Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ बैसाख ०४ गते, बिहान १०:०४ बजे नवलपुर - NWL, समाज

नवलपरासीमा भएको दुर्घटनामा २ जनाको मृत्यु

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

सरु शर्मा | बैशाख ४, परासी | नवलपरासीमा भएको दुई वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने एक जना घााईते भएका छन् । सुनवल नगरपालिका वडा नम्बर १२ बडेरा स्थित पुर्ब पश्चिम राजमार्गमा  पिकअप भ्यानले ठक्कर दिदाँ एक जनाको मृत्यु भएको हो ।

पुर्ब बाट पश्चिम तर्फ आईरहेको ग २ च २६ ५४ नम्बरको पिकअप भ्यानले खाना खान रोकेको ना ५ ख ३८ ३६ नम्बरको बसका सहचालक सुर्खेत पिपराका अन्दाजि १८ बर्ष महेन्द्रं बुढालाई ठक्कर दिदाँ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ । भ्यानको ठक्करबाट गम्भिर घाईते भएका उनको लुम्बिनि अन्चल अस्पताल बुटवलमा उपचारका क्रममा बिहान २ ः ३० बजेको समयमा मृत्यु भएको हो ।

यस्तै गएराति गैडाकोट १२ हर्कपुर स्थित पुर्ब पश्चिम राजमार्गमा मोटरसाईकलको ठक्करबाट एक साईकल यात्रिको मृत्यु भएको छ । पश्चिम बाट पुर्ब तर्फ जादै गरेको ना २० प ४२ ५१ नम्बरको मोटरसाईकलले सोही दिशा तर्फ जादैँ गरेको साईकलमा सवार सोही ठाउ बस्ने बर्ष ५२ का रबिलाल पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते भएका पौडेललको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा ८ ः १५ बजेको समयमा मृत्यु भएको हो ।

यस्तै मोटरसाईकल चालक सोही ठाउ बस्ने बर्ष २४ का सुमन नेपाली गम्भिर घाईते भएका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ । ठक्कर दिने मोटरसाईकल र पिक अप भ्यान र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।