बैशाख ५, रामेछाप । रामेछापका स्वर्गीय पत्रकार राजकुमार के.सी को सम्झनामा स्थानिय एक विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको छ ।

स्वर्गीय पत्रकार राजकुमार की छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ५, रामेछाप । रामेछापका स्वर्गीय पत्रकार राजकुमार के.सी को सम्झनामा स्थानिय एक विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको छ ।

स्वर्गीय पत्रकार राजकुमार की छ"/>

११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

स्वर्गीय पत्रकार के.सीको सम्झनामा शैक्षिक सामग्री वितरण

५ बैशाख २०७४, मंगलवार ०६:५६

बैशाख ५, रामेछाप । रामेछापका स्वर्गीय पत्रकार राजकुमार के.सी को सम्झनामा स्थानिय एक विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको छ ।

स्वर्गीय पत्रकार राजकुमार की छोरी उमा के.सीले बुबाको सम्झनामा हालको रामेछाप नगरपालीका देउराली वडा नम्वर २ मा रहेको श्री कालिका देवी माध्यामीक विद्यालयमा अध्ययनरत ४० जना छात्र छात्रालाई शैक्षिक सामग्री वितरण गरेकी हुन  आफै पनि रेडियो पत्रकारिता गर्दै आएकी के.सी.ले आइतबार विद्यालयमा कार्यक्रम गरी २०७२ सालको परिक्षामा उत्तिर्ण भएका कक्षा १ देखी ९ सम्मका प्रथम, द्धितिय, तृतीय र सान्त्वना तथा उत्कृष्ट हुने विद्यार्थीलाई कापी, कलम र पेन्सील वितरण गरेकी हुन् । 

सोही विद्यालयमा कक्षा सातसम्म अध्ययन गरेकी के.सीले धेरैजसो बालबालीका निजी विद्यालयमा पढ्न जानेको संख्या बढ्दै गइरहेकोे सन्दर्भमा गाउँको सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पढाईमा अझ हौसला मिलोस् भन्ने उदेश्यले उक्त शैक्षिक सामग्री वितरण गरेको बताईन ।


समाज सेवाका लागि सानो कामबाट सुरुवात गर्नुपर्छ भन्ने उद्देश्य राखेर यो अभियानको सुरु गरिएको भन्दै उनले यसलाई वर्षेनी निरन्तर रुपमा जारी राख्ने प्रयासमा रहेको बताएकी छिन् । 

आफुले पत्रकारिता गरेर कमाएको एक महिनाको तलबबाट बुबाको सम्झनामा शैक्षिक सामग्री किनेर वितरण गरेको बताइन् ।

पत्रकार केसीको यो अभियानप्रति स्वागत गर्दै विद्यालयका प्रधानाध्यापक विनोद कुमार कार्कीले आगामी दिनमा विद्यालयलाई सुधार गर्दै लैजाने शिलसिलामा पनि यस्तै युवाहरुको भुमिका महत्वपुर्ण हुने बताउनुभयो ।

जिल्लामा पत्रकारिताको सुरुवात राजकुमार केसीले गरेर समाज सेवामा पुर्याएको योगदानको चर्चा गर्दै प्रधानाध्यापक कार्कीले निकै चुनौतिपुर्ण मानिएको पत्रकारिता पेसालाई समेत बुबाको हत्या पछि छोरीले दृढताका साथ निरन्तरता दिएको भन्दै विद्यालयको तर्फबाट धन्यवाद दिनुभयो ।

शैक्षिक समग्री पाएपछि बालबालीकालाई पढाईमा हौसला मिलेको अभिभावकले बताएका छन् । 

जिल्लामा रहेर पहिलोपटक राजकुमार केसीले राससमा संवाददाताका रुपमा पत्रकरिताको सुरुवात गरेका थिए । पत्रकार के.सी सहित अन्य ५ जनालाई २०५९ साल कार्तिक ७ गते नेपाली सेनाले रामेछापको भालुखोप डाँडामा गोली हानी हत्या गरेको थियो । 

बुबाको हत्यापछि छोरी उमा लगाएत ४ जना भाइहरुलाई साँघु साप्ताहिकका प्रकाशक गोपाल बुढाथोकी लगाएतले माध्यामीक तहसम्मको पढाइमा सहयोग गरेका थिए । हाल उमा आफै पनि पत्रकारितामा स्नातकोत्तर तहमा पढ्दै आएकी छिन । उनलाई अन्तराष्ट्रिय पत्रकार महासंघ अष्ट्रेलियाले पढ्न सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा