बैशाख ५, रामेछाप । रामेछापका स्वर्गीय पत्रकार राजकुमार के.सी को सम्झनामा स्थानिय एक विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको छ ।

स्वर्गीय पत्रकार राजकुमार की छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ५, रामेछाप । रामेछापका स्वर्गीय पत्रकार राजकुमार के.सी को सम्झनामा स्थानिय एक विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको छ ।

स्वर्गीय पत्रकार राजकुमार की छ"/>

२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

स्वर्गीय पत्रकार के.सीको सम्झनामा शैक्षिक सामग्री वितरण

२०७४, ५ बैशाख मंगलवार ०६:५६

बैशाख ५, रामेछाप । रामेछापका स्वर्गीय पत्रकार राजकुमार के.सी को सम्झनामा स्थानिय एक विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको छ ।

स्वर्गीय पत्रकार राजकुमार की छोरी उमा के.सीले बुबाको सम्झनामा हालको रामेछाप नगरपालीका देउराली वडा नम्वर २ मा रहेको श्री कालिका देवी माध्यामीक विद्यालयमा अध्ययनरत ४० जना छात्र छात्रालाई शैक्षिक सामग्री वितरण गरेकी हुन  आफै पनि रेडियो पत्रकारिता गर्दै आएकी के.सी.ले आइतबार विद्यालयमा कार्यक्रम गरी २०७२ सालको परिक्षामा उत्तिर्ण भएका कक्षा १ देखी ९ सम्मका प्रथम, द्धितिय, तृतीय र सान्त्वना तथा उत्कृष्ट हुने विद्यार्थीलाई कापी, कलम र पेन्सील वितरण गरेकी हुन् । 

सोही विद्यालयमा कक्षा सातसम्म अध्ययन गरेकी के.सीले धेरैजसो बालबालीका निजी विद्यालयमा पढ्न जानेको संख्या बढ्दै गइरहेकोे सन्दर्भमा गाउँको सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पढाईमा अझ हौसला मिलोस् भन्ने उदेश्यले उक्त शैक्षिक सामग्री वितरण गरेको बताईन ।


समाज सेवाका लागि सानो कामबाट सुरुवात गर्नुपर्छ भन्ने उद्देश्य राखेर यो अभियानको सुरु गरिएको भन्दै उनले यसलाई वर्षेनी निरन्तर रुपमा जारी राख्ने प्रयासमा रहेको बताएकी छिन् । 

आफुले पत्रकारिता गरेर कमाएको एक महिनाको तलबबाट बुबाको सम्झनामा शैक्षिक सामग्री किनेर वितरण गरेको बताइन् ।

पत्रकार केसीको यो अभियानप्रति स्वागत गर्दै विद्यालयका प्रधानाध्यापक विनोद कुमार कार्कीले आगामी दिनमा विद्यालयलाई सुधार गर्दै लैजाने शिलसिलामा पनि यस्तै युवाहरुको भुमिका महत्वपुर्ण हुने बताउनुभयो ।

जिल्लामा पत्रकारिताको सुरुवात राजकुमार केसीले गरेर समाज सेवामा पुर्याएको योगदानको चर्चा गर्दै प्रधानाध्यापक कार्कीले निकै चुनौतिपुर्ण मानिएको पत्रकारिता पेसालाई समेत बुबाको हत्या पछि छोरीले दृढताका साथ निरन्तरता दिएको भन्दै विद्यालयको तर्फबाट धन्यवाद दिनुभयो ।

शैक्षिक समग्री पाएपछि बालबालीकालाई पढाईमा हौसला मिलेको अभिभावकले बताएका छन् । 

जिल्लामा रहेर पहिलोपटक राजकुमार केसीले राससमा संवाददाताका रुपमा पत्रकरिताको सुरुवात गरेका थिए । पत्रकार के.सी सहित अन्य ५ जनालाई २०५९ साल कार्तिक ७ गते नेपाली सेनाले रामेछापको भालुखोप डाँडामा गोली हानी हत्या गरेको थियो । 

बुबाको हत्यापछि छोरी उमा लगाएत ४ जना भाइहरुलाई साँघु साप्ताहिकका प्रकाशक गोपाल बुढाथोकी लगाएतले माध्यामीक तहसम्मको पढाइमा सहयोग गरेका थिए । हाल उमा आफै पनि पत्रकारितामा स्नातकोत्तर तहमा पढ्दै आएकी छिन । उनलाई अन्तराष्ट्रिय पत्रकार महासंघ अष्ट्रेलियाले पढ्न सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता