2026-09-18 11:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

उप–क्षेत्रीय अस्पताल डडेल्धुरा सुदुरपश्चिमका ७ जिल्लाको स्वास्थ्य केन्द्र बन्दै

upa xetraiya aspatalललित बोहरा/चैत १९, डडेल्धुरा । उप–क्षेत्रीय अस्पताल डडेल्धुरा केही महिना यता देखी सुदुरपश्चिका ७ पहाडी जिल्लाको स्वास्थ्य केन्द्र बन्दै गएको छ ।

अस्पतालमा २ हजार ९ सय ६३ जना विरामीले निशुल्क उपचार सेवा प्राप्त गरेका छन् । आर्थीक वर्ष २०७२/०७३ को श्रावन देखि फागुन महिना सम्म २ हजार ९ सय ६३ विभिन्न किसिमका विरामीलाई १२ लाख ४२ हजार ६३ हजार निशुल्क उपचार र औषधीमा खर्च गरीएको हो ।

उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार गराउन आएका गरिव, असाहय, अपाङ्ग, जेष्ठ नागरिकहरुलाई भिडियो एक्सरे, ईसीजि, विभिन्न किसिमको ल्याव परिक्षण सहित औषधी निशुल्क वितरण गरेको छ ।

देशका अन्य कुनै पनि स्वास्थ्य संस्थामा निशुल्क उपचार सहित औषधी वितण गर्ने प्रावधान नभए पनि उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा निशुल्क परिक्षण सहित औषधी वितरण गरिएको उप–क्षेत्रीय अस्पताल डडेल्धुरा विकास समितिका अध्यक्ष लक्ष्मण सिहले बताएका छन ।

अस्पताल विकास समितिको कोषवाट उक्त रकम खर्च गरिएको बताउँदै अध्यक्ष सिहले अव उपरान्त निशुल्क उपचार गरिने भए पनि औषधी वितरण गर्न नसकिने जानकारी दिएका छन ।

नेपाल सरकारले निशुल्क दिने औषधी दिने भए पनि उप–क्षेत्रीय अस्पताल डडेल्धुराले किनेर दिन नसक्ने तर अति गरिव वा असाह्य भए अस्पतालका कर्मचारी संगको छलफल पछि मात्रै दिन सकिने समेत पत्रकार सम्मेलनममा जानकारी गराइएको छ ।

यसैगरि वैशाख महिना भित्र उप क्षेत्रीय अस्पताल डडेल्धुरामा सम्पुर्ण कन्सल्टेट डाक्टरको पद पुर्ति गर्ने, १ सय सैयाको अस्पतालको नयाँ भवन निर्माणका लागि प्रक्रिया अगाढी वढाई सकिएको, उप क्षेत्रीय अस्पतालको मापदण्ड अनुसारको उपकरण खरिद गर्ने, लगाएतका वारेमा जानकारी गराइएको थियो ।

केही महिना अगाडी ब्यबस्थापन समीती नहुदा अस्पतालले सुत्केरी सेवा समेत दिन सकी रहेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई