२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा लाखौँ रकम ठगी गर्ने पक्राउ

२०७४, ५ बैशाख मंगलवार १३:४०

बैशाख ५, नुवाकोट |नुवाकोटको विभिन्न स्थानका व्यक्तिसँग रकम ठगी गरेको अभियोगमा प्रहरीले सिन्धुपाल्चोक बतासेका ज्याम्बल तामाङलाई आज पक्राउ गरेको छ । 

नुवाकोट दाङसिंहका तीन महिलासँग ठमेल व्यापार सङ्घको सदस्य बनाइदिने र त्यसबाट राम्रो कमाई हुने प्रलोभन दिएर रु २६ लाख ६४ हजार ठगी गरेको उजुरीका आधारमा तामाङलाई प्रक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । 

“गाउँका सोझासिधा महिलालाई व्यापार सङ्घको सदस्य बनाइदिने र विदेश सामाग्रीको बिक्री गरी दुई वर्षमा दोब्बर रकम कमाई हुने भन्दै पैसा उठाएको पाइयो” प्रहरी निरीक्षक बस्नेतले भन्नुभयो । 

पक्राउ परेका तामाङले प्रहरीसमक्ष दाङसिङका माहिली तामाङसँग रु १० लाख ६४ हजार, सिर्जना लामासँग रु छ लाख ५० हजार र भीममाया तामाङसँग रु नौ लाख ४० हजार लिएको स्वीकारेका छन् । 

तामाङलाई प्रक्राउ गरेपछि दाङसिंहसहित अन्य स्थानबाट आफूलाई पनि ठगी गरेको भनी उजुरीहरू आइरहेकाले के कति जनासँग कति रकम ठगी गरेको भनी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

सिन्धुपाल्चोकको साविकको बतासे–८ का लामा ‘सेते कुमार’को नामबाट नुवाकोटमा धामीझाँक्री पेसा गर्दै आएका थिए । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता