बैशाख ६, परासी | नेपाल विद्यार्थीं संघको ४८ औं स्थापना दिवसको अवसरमा आज कावासोती नगरपालिका स्थित मध्यविन्दु सामुदायिक अस्पतालमा विरामीहरुलाई फलफुल तथा जुस वितरण गरिएको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख ६, परासी | नेपाल विद्यार्थीं संघको ४८ औं स्थापना दिवसको अवसरमा आज कावासोती नगरपालिका स्थित मध्यविन्दु सामुदायिक अस्पतालमा विरामीहरुलाई फलफुल तथा जुस वितरण गरिएको छ "/>

2026-09-19 06:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नेविसंघले कावासोतीमा फलफुल वितरण तथा रक्तदान गर्यो

बैशाख ६, परासी | नेपाल विद्यार्थीं संघको ४८ औं स्थापना दिवसको अवसरमा आज कावासोती नगरपालिका स्थित मध्यविन्दु सामुदायिक अस्पतालमा विरामीहरुलाई फलफुल तथा जुस वितरण गरिएको छ । 

नेपाल विद्यार्थी संघ नवलपरासीका कोषाध्यक्ष लक्ष्मण रिजालको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा विरामीहरुलाई फलफुल वितरण गरिएको हो । अस्पतालमा विभिन्न रोगबाट पिडित रहेका सम्पुर्ण विरामीहरुलाई फलफुल वितरण गर्दै नेपाल विद्यार्थी संघले सबै विरामीहरुको सु–स्वास्थ्य लाभको कामना समेत गरेको थियो ।

कार्यक्रममा कार्यक्रमका अध्यक्ष लक्ष्मण रिजाल, प्रमुख अतिथि देवेन्द्रराज कण्डेल, नेविसंघका केन्द्रिय सदस्य आरसी भट्टराई, नेविसंघका पुर्व केन्द्रिय सदस्य अशोक बस्ताकोटी, नेपाली कांग्रेसका जिल्ला सचिव बालकृष्ण घिमिरे, नेपाल महिला संघ नवलपरासी कि अध्यक्ष कमला पराजुली, महिला संघको पुर्व केन्द्रिय सदस्य ओमकला गौतम, महिला संघको जिल्ला सचिव सरस्वती तिमिल्सेना, नेविसंघका सदस्य एलएन दवाडी लगायतले आसन्न स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसले परिणाम आफनो पक्षमा पार्न नेविसंघ, नेपाल तरुणदल, नेपाल महिला संघ, नेपाल मुस्लिम संघ, नेपाल दलित संघ, शिक्षक संघ लगायतका नेपाली कांग्रेसका भातृत्व संगठनहरु एकजुट भएर लाग्न पर्ने सुझाव दिएका थिए ।

वक्ताहरुले, नेपाली कांग्रेसले आफनो उम्मेदवारको घोष्णा गर्न साथ जिल्लाको समग्र आर्थिक, भौतिक, सामाजिक विकासका एजेण्डाहरु पार्टीको मुल एजेण्डाको रुपमा लिन पर्ने सुझाव राखेका थिए । चुनावमा कांग्रेसका कार्यकर्ता तथा भातृत्व संगठनहरुलाई परिचालन गरिदै चुनावको सहज वातावरणमा समेत बनाउनमा नेपाली कांग्रेसको अहम भुमिका रहन पर्ने धारणा राखेका थिए ।

त्यसैबिच जिल्लाको गैडाकोट नगरपालिका १६ स्थित अमरापुरीमा नेविसंघ नवलपरासी अध्यक्ष राजेश पौडेलको अध्यक्षतामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । रक्तदान कार्यक्रममा नेविसंघका ४० जना विद्यार्थी कार्यकर्ताहरुले रक्तदान गरेका थिए । उक्त कार्यक्रम नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलको प्रमुख अतिथ्यतामा भएको थियो । फोटो छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ