बैशाख ७, बझाङ | विहान सबेरै उठेर होटल सरसफाई गर्नु उनको दैनिकि बनेको छ दहबगर ६ खानीबगरका शंकर धामी समुन्द्रको । २०५९ सालमा तत्कालिन अवस्थामा विद्रोह गरिरहेको माओवादीमा "/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ७, बझाङ | विहान सबेरै उठेर होटल सरसफाई गर्नु उनको दैनिकि बनेको छ दहबगर ६ खानीबगरका शंकर धामी समुन्द्रको । २०५९ सालमा तत्कालिन अवस्थामा विद्रोह गरिरहेको माओवादीमा "/>
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

होटल व्यवसाय गर्दै जनयुद्धका लडाकु समुन्द्र

२०७४, ७ बैशाख बिहीबार ०४:३०

बैशाख ७, बझाङ | विहान सबेरै उठेर होटल सरसफाई गर्नु उनको दैनिकि बनेको छ दहबगर ६ खानीबगरका शंकर धामी समुन्द्रको । २०५९ सालमा तत्कालिन अवस्थामा विद्रोह गरिरहेको माओवादीमा भुमिगत हुनु भएका धामी हाल होटल व्यवसाय गरेर बसेका छन् । 

निजि क्षेत्रकै लगानीमा बन्न लागेको देशकै सबै भन्दा ठुलो जलविद्युत आयोजना कालंगा जलविद्युत आयोजनाको निमार्ण कार्य सुरु भए संगै उहाँले होटल व्यवसाय गर्नु भएको हो । उहाँ संग जनयुद्धको समयमा धेरै ठाँउहरुमा युद्ध लडेको अनुभव छ । पाल्पाको तानसेन, रुकुमको खारा,कैलालीको कारागार र बडैपुर बनखेत वुटवल,रोल्पा, लगायतका दर्जनौ ठाँउहरुमा उहाँले युद्ध लडनु भएको छ । उमेरले के राम्रो के नराम्रो छुटयाउनै नसक्ने उमेरमा भुमिगत भएका समुन्द्र भन्नु हुन्छ “माओवादी आउथे बुर्जुवा शिक्षा हो यो पढन हुदैन, युद्ध गरेर सामान्ती सरकारलाई ढलाई जनवादी सरकार ल्याउनु पर्छ भन्थे हो जस्तो लाग्यो” भुमिगत भईयो । 

सोझा जनताका छोराछोरीलाई युद्ध लडाई नेताहरुले आफ्नो स्वार्थ पुरा गरेको गुनासो उहाँको छ । घरायसी तथा विविध कारणले युद्ध विराम संगै घर फर्के पछि आफुलाई कसैले सहयोग नगरेको उनको भनाई छ  । घर फर्के पछि जेनतेन गरेर अलि अलि पैसा कमाए र भेडाबाख्रा किनेर बाख्रापालन तर्फ लागे । भेडाबाख्रा बाट राम्रो आम्दानी हुन थाले पछि उनी व्यवसायिकरुपले बाख्रा पालनमा लागे समुन्द्र । तर जब देखि दबहगरमा कालंगा हाईड्रोपावरको निमार्ण कार्य सुरु भयो । उनी अहिले घर नजिकै होटेल खोलेर बस्नु भएको छ । 

होटल व्यवसाय बाट मासिक २० देखि ३० हजार सम्म हुने गरेको उहाँ बताउन् । आजकाल उनी हाईड्रपावरका कामदार तथा अन्य व्यक्तिहरुका लागी खाना तथा नास्ता बनाउनमै व्यस्त हुन्छन । देश परिर्वतन गर्छु भनेर युद्ध लडियो तर नत आफ्नो प्रगति भयो नत देशमा परिर्वतन गर्न सकियो उहाँ भन्नु हुन्छ  । पढने बेलामा युद्ध गर्न हिडियो अहिले राम्रो जागीरका लागी योग्यतानै छैन जे भए पनि होटेल व्यवसाय बाटनै आफ्नो गुजरा चलाउनु पर्छ उहाँले बताउनु भयो । – मकरराज धामीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित