पढ्न करिब 1 मिनेट लाग्छ

बैशाख ८, काठमाडौं । संखुवासभा स्थति बरुण नदीमा आएको बाढीको कारण जिल्लाको भोटखोला गाउँपालिकास्थित स्याक्सीला गोलामा अरुण नदी थुनिएको छ ।

बिहिबारदेखिनै थुनिएको नदिले अहिलेसम्म २ किलोमिटर भन्दा धेरै स्थानलाई डुबाएको छ । यदी उक्त ताल फुटेको खण्डमा त्यहाँ स्थित बजारलाई ठूलो खतरा आईलाग्ने सम्भावना छ ।

हिमताल फुटेर अरुण नदीमा बाढी आएको आशंका गरिएको छ तर, यस बिषयमा यकिन हुन सकेको छैन । अध्ययनको लागि प्रहरी परिचालन गरिएपनि प्रहरीले अहिलेसम्म यस बिषयमा प्रारम्भिक जानकारी दिएको छैन ।

यसै सन्दर्भमा सम्भावित जोखिम हुन नदिन उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले अरुण नदीमा बनेको तालको पानी साबधानीपूर्बक निकासा गरि मानवीय क्षति हुन नदिने व्यबस्था मिलाउन निर्देशन दिएका छन् ।