Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवाहरुको कोरिया सपना: विदेशिनु रहर कि बाध्यता ?

२०७४, ९ बैशाख शनिबार ०८:४७

सलिम अन्सारी/बैशाख ९, प्युठान । धेरै युवाको रुचि चहाना नै  बिदेश बन्ने गरेको छ । 

स्वदेशमा हुनेखानेहरु राम्रो कामका लागि बिदेशिने भएपनी निम्नमद्य्यम र निम्न बर्गका युवायुवती श्रममुलक रोजगारिका लागि  बिदेशिने गर्छन । अधिकाशं युवा खाडीमुलुक र मलेसिया लगायतका देशमा श्रमका लागि गइरहेका छन।यी मद्य्ये निम्नमद्ययम र निम्न बर्गको परिवारका युवायुवती श्रमका लागि दक्षिण कोरिया जान लालायित बन्दै छन । 

पहिले पहिले प्युठानका गाउहरुका युवाहरु ५/७ कक्षा पास गरेपछि रोजगारिका लागि भारत जान्थे । अहिल कोरियन भाषा पढ्नेको लर्कोले यहि झल्को दिन्छ।कोरियामा आम्दानी राम्रो हुने भन्दै कामका लागि भाषा परिक्षा दिन शहरमा गएर यो भाषा पढ्नेको संख्या बढ्न थालेको छ ।

क्याम्पस पढ्दै गरेका,विभिन्न पेशा ब्याबसायमा लागेकाहरु समेत यता कोरिया मोहले लोभाएको छ।कोरिया जाने र पैसा कमाएर जिबनशैली फेर्ने उनिहरुको धोको हुन्छ।राम्रो रोजगारिको गन्तव्य मानिएकाले मध्यमबर्गीय परिवारका युवा यतिखेर कोरियाको सपना देख्दैछन । 

उनिहरुको यो सपना पूरा हुन रोजगार अनुमती प्रणाली(इपिएस)अन्तर्गतको भाषा परिक्षा पास गर्नैपर्छ।कतिले भाषा पास गर्नका लागि लगातार पढेपनि सफल हुन सक्दैनन् । कतिले धेरै प्रयास पछि भाषा पास गरी कोरियामा काम गरेर स्वदेश फर्किसकेका छन् ।  

कोरियामा झण्डै पाँच वर्ष बिताएका प्यूठान ऐरावती गाउँपालिकाका सुशील थापा कोरियन रोजगारीले जीवन बदलेको अनुभव सुनाउँछन् । ‘भन्छन्-‘कोरियन रोजगारीले मलाई धेरै सिकाएको छ, म सन्तुष्ट नै छु ।' उनी कोरियाबाट हालैमात्र स्वदेश फर्किएका छ्न । अब स्वदेशमै कुनै व्यवसाय गरेर बस्ने  सोच छ । उनी कोरिया जानको लागि सन् २०१० मा कोरियन भाषा परीक्षा दिएका थिए । उनी पहिलोपटक असफल भएपनि हार मानेनन् । भन्छन्-‘मैले हिम्मत हारिन्, फेरी परीक्षा दिएँ र पास भएँ ।' 

उनले कोरियाको करिब पाँच वर्षको बसार्इमा एक करोड २० लाख बचत गर्न सफल भएका छन् । उनले स्वदेशमै जागिर खान चाहेनन् । नेपालमा जागिरको कमाईले जीवनमा कुनै प्रगति हुन सक्दैन् कि भन्ने उनलाई लागेको थियो ।

 

उनका दाईहरुले सरकारी जागिर खाएका थिए । भन्छन्-‘उहाँहरु जागिरमा सन्तुस्टि नभएको कारणले मैले कहिल्यै सरकारी जागिर खाने विचार गरिन ।' अभावको जिन्दगी राम्रोसँग भोगेका थापा कोरियामा ५ वर्ष बिताउँदा परिश्रमको महत्व राम्रैसँग बुझेको बताउँछन् । पहिलोपटक कोरियन भाषा परीक्षामा फेल भएपछि उनले जापान जाने सोच बनाएका थिए । जापानका लागि चिनेजानेका र भरपर्दो मानिस नभएपछि उनले जापान जाने योजना रद्ध गरे । 

त्यसपछि उनी पोल्यान्ड जानका लागि अन्तरबार्ता दिए र पास पनि भए । पोल्यान्ड जानका लागि पैसाको जोहो गर्दै थिए। तर कोरियाको भाषा परीक्षा छिट्टै हुने सञ्चारमाध्यमबाट समाचार सुनेपछि उनको सोचाई फेरी बदलियो । त्यसपछि उनले पोल्यान्डको कुरा छाडेर कोरियन भाषा पढ्न काठमाडौं हानिए ।

कोरियन भाषा पढ्नका लागि डिल्लीबजारमा बसेर बागबजारको एक इनिस्चिुउटमा पढ्न थाले । पहिला पनि भाषा पढेकाले उनलाई सहज भयो । केही महिनाको पढाइ पछि भाषा परीक्षामा उनी पास भए । कोरिया जानलाई रोस्टरमा परेको केही समय र प्रक्रियापछि उनी कोरिया पुगे । 

उनले कोरियामा गेरेन्डिङ् र वेल्डिङ्मा काम गर्न थाले । सुरुमै १ लाख ६२ हजार पारिश्रमिक बुझेपछि उनको खुसीको सीमा नै रहेन । पैसा धेरै आएपनि काममा गाह्रो भएपछि उनले कम्पनी परिवर्तन गर्दै तीनचारवटासम्म कम्पनी बदलेर काम गरे । कोरियामा निश्चित समयभित्र चारवटा कम्पनी परिवर्तन गर्न पाउने नियम नै छ ।

दक्षिण कोरियामा करिब पाँच वर्ष काम गरेर स्वदेश फर्किएका थापा भन्छन्- ‘कोरियामा बसेर नसोचेको परिवर्तन भयो, मेहनतको महत्व बुझियो, अब नेपालमै केही रचनात्मक काम गर्छु ।' उनले सुनाए ।ऐरावती गाउँपालिका बिजुली प्युठानकै २६ बर्षिया मोहन थापा काभ्रेको भिमखोलिस्थित गणेश माबी मा पढाउथे । 

उनले यहाँ २ बर्ष शिक्षण गरे।राहत कोटाका जागिरे थापा राम्रो कमाइका लागि भन्दै भाषा सिक्न थाले । उनी कोरिया जाने सपना बुन्दै २०७२ मा काठमाडौं आएर भाषा पढेका थिए । उनले ६ महिना कोरियन भाषा पढेर परीक्षा दिए । उनको  पहिलो पटक मै नाम निस्कियो । उनी खुसीले गदगद् भए ।एक बर्ष यता उनी कोरियामा कार्यरत छन ।

 कतिले दुई वर्षसम्म पनि भाषा पढेर नाम निकाल्न मुश्किल पर्दछ।

सुरुमा जापान जाने सोचेका उनले काम राम्रो र दाम सस्तो लाग्ने भएपछी कोरिया छिरेको सुनाए ।  "काम र कमाइका लागि कोरिया राम्रो रहेछ।"थापा भन्छन्-"दुख गर्दा लामो समय सहज हुनेभएकाले कोरिया रोजेँ।" उनले भने।,"खटाइ धेरै छ तर काम अनुसारको दाम पाइएको छ ।

उनले कोरियामा मासिक डेढ लाखभन्दा कमाउछन् । बेरोजगार युवाहरुलाई सकेसम्म स्वदेशमै रोजगार गर्न आवश्यक भएको उनी ठान्छन् । स्वदेशमा जस्तो राम्रो विदेशमा नहुने उनको तर्क छ । यदी विदेश जानु नै पर्ने भए राम्रोसँग बुझेर पूर्ण जानकारी लिएर मात्र जानुपर्ने उनी सुझाव दिन्छन् । ईपीएस कोरिया शाखाका अनुसार कोरियामा ईपीएसमार्फत २० हजार युवा कोरियामा काम गरिरहेका छन् ।

यतिखेर कोरियन भाषाको नतिजामा हजारौं प्रतिक्षारत छन् । ईपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले कोरियन रोजगारीमा युवाको आकर्षण बढ्दै गएको बताउँछन् । ‘धेरै नेपालीलाई अवसर दिनका लागि हामी कोरियन सरकारसँग निरन्तर समन्वय गर्दै आएका छौं' । 

शुसिल र मोहन मात्र होइन कोरिया रोजगारीले हजारौं नेपालीको जीवनस्तर माथि उठेको छ । कोरियाले कठोर मेहनतको पाठ पनि मज्जाले सिकाएको छ । खासमा कोरिया सोचेजस्तो छैन् । कठोर मेहनत गर्नुपर्छ । महेनत गर्न सके स्वदेशमै पनि कमाउन सकिन्छ । 

त्यसो त वैदेशिक रोजगार धेरै युवालार्इ वाध्यता बनेको छ भने केही रहरले पनि विदेश पुगेका पार्इन्छ । आर्थिक सम्बृद्धी,राम्रो रोजगारिको गन्तव्य तथा सस्तो लगानी हुने भएकाले कोरिया तिर आकर्षण बढेको हो।कोरियामा जिटुजी मार्फत सन २००७ देखि लगातार नेपाली कामदार गइरहेका छन । केही गरौ भन्ने युवाहरुका लागि कोरिया आकर्षक गन्तव्य हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित