Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दार्चुलामा ३० प्रतिशत बढी पाठ्यपुस्तक अपुग

By साझासवाल 6 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

बैसाख १०, दार्चुला | शैक्षिक सत्र शुरु भएपनि दार्चुलामा अझै विद्यार्थीको हात हातमा पाठ्य पुस्त पुग्न सकेको छैन । शैक्षिक सत्र अगावै विद्यार्थीको हातमा पाठ्य पुस्तक पुर्याउने लक्ष्य लिइएको भएपनि अझै ३० प्रतिशत बढि विद्यार्थीले पुस्तक पाउन सकेको छैनन् ।

बैशाख पहिलो सातादेखी विद्यार्थी भर्ना अभियान सँगै विद्यार्थीको हातमा नयाँ किताब पुर्याउने जिल्ला शिक्षा कार्यालय, स्रोत केन्द्र, शिक्षक एवं पाठ्यपुस्तक विक्रेताले यसअघि प्रतिबद्धता गरेका थिए । समयमै जिल्लाको लागि आवश्यक पाठ्यपुस्तक माग गरिएको भएपनि माग अनुसार पाठ्पुस्तक उप्लब्ध नहुँदा हरेक वर्ष जस्तै यो वर्ष पनि शैक्षिक शत्रको सुरुमा शत प्रतिशत पाठ्यपुस्तक पुर्याउन नसकिएको जिल्ला शिक्षा कार्यालय दार्चुलाले जनाएको छ ।

वैशाख ३ गतेदेखि विद्यालयको पढाई सुरु भएको भएपनि जिल्लामा मागको ६५ प्रतिशत मात्र पाठ्यपुस्तक जिल्लामा भित्रिएको जिल्ला शिक्षा अधिकारी खगेन्द्रबहादुर सिहले जानकारी दिनुभयो । आधारभूत तहको कक्षा १ देखि ५ सम्मका करिव सबै पाठ्पुस्तक माग अनुसार पुगेको भएपनि कक्षा ६ देखि १० सम्मका करिब ७० प्रतिशत मात्रै पाठ्यपुस्तक उपलब्ध भएका छन् । कक्षा ६ देखि १० सम्मका पुरै किताब आएका छैनन् ।

कार्यालयका अनुसार कक्षा ६ देखी ८ सम्मका पेशा ब्यबसाय, नैतिक र समाजिक शिक्षाको पाठ्यपुस्तक धेरै कम आएको छ भने कक्षा ९ र १० मा बिषेश गरेर ऐच्छिक विषयका पाठ्यपुस्तक अपुग भएको छ । सरकारबाट शैक्षिक सत्र सुरु भएको दोस्रो हप्तापछि पाठ्यपुस्तक पुर्याउने जानकारी प्राप्त भएको जिल्ला शिक्षा अधिकारी खगेन्द्र बहादुर सिहले बताउँनुभयो ।

अहिले जिल्लाभरी विद्यालय भर्ना अभियान संगै भर्ना अभियानबाट छुट भएका बद्यार्थीहरुलाइ समेट्न घरदैलो अभियान सञ्चालन भइरहेको जिल्ला शिक्षा अधिकारी सिहले बताउँनुभयो । विद्यालय बाहिर रहेका प्राथमिक उमेर समूहका ४ देखि ९ वर्षका बालबालिकालाई  र आधारभूत तह कक्षा १ देखि ८ सम्म ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालय ल्याउन यहि बैशाख ३ गतेदेखी अभियान संचालन गरिएको हो ।

अभियानमा हरेक बिद्यालयका शिक्षकहरु, बिभिन्न गैरसरकारी संघ संस्थाहरु र स्रोत ब्यक्तीहरु प्रिचालन गरीएको छ । ८ गतेबाट सुरु भइ १५ गतेसम्म सञ्चालन भइरहेको घरदैलो अभियानबाट छुट भएका बालबालिकाको संख्याको प्रतिबेदन जिल्ला शिक्षा कार्यालयमा पठाउँन निर्देशन भएको छ । सबै क्षेत्रको प्रतिबेदन केन्द्रमा पठाएर बिद्यालय शिक्षाको पहुचमा सबैलाइ पुर्याउने प्रयास भइरहेको छ ।

नेपालको संबिधान २०७३ ले नै आधारभुत शिक्षालाइ निशुल्क र अनिवार्य भनेको अवस्थामा जिल्लाभरी बिद्यालय उमेर समुहका कुनैपनि बालबालीका बिद्यालयको पहुचबाट नछुटुन भन्ने उदेश्यले जिल्ला भरी घरदैलो अभियान सञ्चालन भइरहेको सिंहको भनाई छ ।

केहि विद्यालयहरुमा नयाँ पाठ्य पुस्तक नपुगेपछि पूरानै किताब बाट पठन पाठन शुरु गरिएको  छ ।