2026-09-19 06:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

खानेपानी आयोजना निमार्ण हुँदा अफलावासी खुसी

मकरराज धामी/बैशाख ११, बझाङ । थलारा गाउपालिका वडा नं ९ अफलावासी शुद्ध खानेपानी पिउन पाँउदा हर्षित भएका छन् । 

ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना च्ख्ध्च्ःए को आर्थिक सहयोगमा निमार्ण कार्य सम्पन्न भए संगै शुद्ध खानेपानी पिउन पाँउदा अफला वासी निकै खुसी भएका हुन । ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना च्ख्ध्च्ःए को करिव २४ लाखको लागतमा निमार्ण गरिएको काल्पाटा खानेपानी आयोजनाको निमार्ण कार्य गएको जेठ देखि सुरु भएको थियो । 

२८ सय मिटर टाढाको खानेपानीको मुहान बाट पानी ल्याई आयोजना सम्पन्न भए पछि ५० घर धुरी लाभावन्तित भएका छन् । १३ वटा सार्वजनिक र एक ओटा विद्यालयका लागी गरि जम्मा १४ धारा निमार्ण गरिएका छन् । धारा संगै गाईवस्तु लाई खुवाउन पनि सोहि धारा बाट पानी फिल्टर गरेर टयांकिमा जम्मा हुने गरेको छ । 

सोहि टयांकी बाट गाईवस्तु लाई पानी खुवाउने तथा करेसावारीमा सिँचाई गर्ने गरेको काल्पाटा खानेपानी आयोजनाका अध्यक्ष कुम्भ भण्डारीले बताउनु भयो । खानेपानी आयोजना निमार्ण भए संगै सरसफाई व्यवस्थापनमा पनि ध्यान दिने गरेका छन् ।

पहिले तल खोला बाट पानी ल्याउनु पर्ने बाध्यता रहेको थियो जस्ले गर्दा आफुहरुले सरसफाई गर्न नसकेको बताउदै स्थानिय राधिका भण्डारी ले भनिन अब आमा समुह र खानेपानी सरसफाई स्वच्छता समन्यव समितिलाई सक्रिय बनाईन्छ । 

अहिले मुहान बाट पानी ल्याएर ५ हजार घन मिटरका दुई ओटा टयांकिमा जम्मा गरिन्छ र खानेपानी र तरकारीको सिंचाईलागी प्रयोग गरिन्छ । २०५४ सालमा निमार्ण गरिएको खानेपानी लामो समय सम्म मर्मत नहुदा अफला वासी खोलामा भएको ढुङगे धाराको पानी खान बाध्या भएका थिय । 

जेठ महिनामा सम्पन्न गरि सक्नु पर्ने आयोजनाको निमार्ण कार्य सम्पन्न हुनु एक महिना अगावै सकिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई