३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

संविधान कार्यान्वयन गर्ने सरकारको मुख्य उदेश्य: मन्त्री भण्डारी

६ बैशाख २०७३, सोमबार १३:२४

masht mandapमन्त्रीद्धारा मष्टामाण्डौमा अढाई करोड बढी लागतको स्वास्थ्य चौकी भवनको शिलान्यास
ललित बोहरा/बैशाख ६, डडेल्धुरा । आगामी बर्षको आर्थिक बजेटले सरकारका उच्च महत्वका साथ जनतालाई आवश्यक राहत सहुलियत प्रदान गर्नेमा सरकार क्रियाशिल रहेको अर्थराज्य मन्त्रि दामोदर भण्डारीले बताएका छन ।

संविधानले जनताका मौलिक हक शिक्षा, स्वाश्थ्य लगायतका महत्वपुर्ण कुराहरु जनतालाई सहज रुपमा प्रदान गर्न उल्लेख गरेको उनले बताएका छन । डडेल्धुराको मष्टामाण्डौ गाविस ५ मा आज स्वास्थ्य चौकीको शिलान्यास गर्दै मन्त्रि भण्डारीले ग्रामिण क्षेत्रका नागरिकलाई सहज र शुलभ रुपमा राज्यको तर्फबाट स्वास्थ्य सेवा प्रदान गर्ने बताएका छन । नेपाली जनताका अधिकारमा मुद्दा पुरा भएको बताउदै मन्त्रि भण्डारीले अहिले सरकारले खास गरि विकास निर्माणका काममलाई तिब्रता दिईरहेको बताएका छन ।

सुदुरपश्चिममा महलिालाई बढी पिडा भएको बताउदै मन्त्रि भण्डारीले मष्टा माण्डौ लगायत सुदुरपश्चिमका अन्य स्थानमा भई रहेका स्वास्थ्य सम्बन्धि क्रियाकलापले स्वास्थ्यमा सुधार ल्याउने विश्वास व्यक्त गरेका छन । मष्टामाण्डौ गाविसमा बन्ने दुई तले स्वास्थ्य चौकीको भवनका लागी स्वास्थ्य मन्त्रालयबाट अख्तियारी आएको शहरी विकास डिभिजन डोटीले जनाएको छ ।

अढाई करोड लागतको अनमान गरिएको स्वास्थ्य चौकी भवनका लागी एक करोड ९५ लाख रकम बजेट छुटाईएको शहरी विकास डिभिजनले जनाएको छ । गत मंसिर महिनामा ठेका पट्टा गरिए पनि सडक नहुदा काममा ढिलाई भएको थियो । अहिले सकायलबाट साढे चार किलोमिटर बढी सडक बने पछि भवन निर्माणको कार्य अघि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’