पर्वत । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । 
२०८३, २२ जेष्ठ शुक्रबार
पर्बत - PBT

शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह सुरु

२०७४, १२ बैशाख मंगलवार ०९:५०

पर्वत । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी र समतामूलक बनाउनका लागि तथा सबैमा शिक्षाको अधिकार सुनिश्चित गर्ने सन्दर्भमा सरोकारवालाहरुलाई जवाफदेही बनाउन ध्यानाकर्षण गर्ने उद्देश्यले पर्वतमा पनि आजबाट शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह २०१७ सुरु गरिएको छ ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति पर्वतको अग्रसरतामा यो कार्य सप्ताहको थालनी गरिएको हो । कार्य सप्ताह आज ११ गतेबाट सुरु भएर बैशाख १७ गतेसम्म चल्नेछ ।  विश्वव्यापी कार्य सप्ताहको यस बर्षको नारा “दीगो विकास लक्ष्य ४ का निम्ति जवाफदेहिता र नागरिक सहभागिता” रहेको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका बोर्ड सदस्य राजेन्द्र पहाडीले दिएको जानकारीअनुसार यस प्रकारको सप्ताह हरेक बर्ष यही समयमा विश्वभरी नै सार्वजनिक शिक्षाका पक्षमा बहशपैरवी र वकालत गरेर मनाउने गरिन्छ । नेपालमा पनि सन् २००३ देखि हरेक बर्ष फरक–फरक नाराका साथमा विश्वव्यापी कार्य सप्ताह मनाउँदै आइएको छ ।

कुश्मामा आयोजित सरोकारवालाहरुको अन्तरक्रिया कार्यक्रममा गैसस महासंघका केन्द्रीय सदस्य तथा पश्चिमाञ्चल इन्चार्ज देवीप्रसाद तिमिल्सिनाले यस्ता प्रकृतिका अभियानले शिक्षा सम्बद्ध निकायहरुलाई थप जिम्मेवार बन्न उत्प्रेरित तथा उत्साहित गर्न मद्दत पुग्ने कुरा बताउनुभयो । उहाँले बालबालिका र विद्यालय शान्तिक्षेत्र भएकाले उनीहरुलाई निर्वाचन सम्बन्धित कुनै पनि क्रियाकलापमा प्रयोग गर्न नहुने कुरामा जोड दिनुभयो । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका बोर्ड सदस्य तथा जिल्ला संयोजक राजेन्द्र पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा नेत्रकला सुवेदी, कविता विक, शिवप्रसाद शर्मा, टुकप्रसाद शर्मा, ऋषिराम भुषाल, बलीनारायण रेग्मी, जगन्नाथ शर्मालगायतले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन सदस्यसचिव यज्ञप्रसाद शर्माले गर्नुभएको थियो ।

पर्वत जिल्लामा मनाइने कार्य सप्ताहका मूख्य गतिविधिहरुमा विद्यालय भर्ना अभियानसँग सम्बन्धित रहेर सार्वजनिक स्थानमा प्रचारात्मक ब्यानर राख्ने, सरोकारवालाहरुको बैठक बस्ने, ¥यालीको आयोजना गर्ने, मैनबत्ती प्रज्वलन गर्ने, स्थानीय एफएम रेडियो र टेलिभिजनमा शैक्षिक बहश सञ्चालन गर्ने, स्थानीय पत्रपत्रिकामा शैक्षिक लेखहरु प्रकाशन गर्ने, सरोकारवालाहरुको सहभागितामा संघीयतामा शिक्षा विषयक अन्तरक्रिया, प्रमुख जिल्ला अधिकारी र जिल्ला शिक्षा अधिकारीलाई बालबालिका र विद्यालय शान्तिक्षेत्र सम्बन्धित प्रचारात्मक समाग्री हस्तान्तरण गर्नेलगायतका कार्यक्रम रहेको एनसीइ नेपाल जिल्ला समन्वय समितिका सदस्यसचिव यज्ञप्रसाद शर्माले जानकारी दिनुभयो ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले केन्द्रदेखि जिल्ला तहसम्म सार्वजनिक शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न कूल राष्ट्रिय बजेटको २० प्रतिशत र कूल ग्राह्स्थ उत्पादनको ६ प्रतिशत बजेट विनियोजन गर्नुपर्दछ भन्ने पक्षमा निरन्तर वकालत गर्दै आइरहेको छ । पर्वतमा पनि शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरुले समय–समयमा शैक्षिक सरोकारवालाहरुको ध्यानाकर्षण गर्दै आइरहेका छन् । हाल शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति पर्वतमा सीड नेपाल, निबृत्त शिक्षक समाज,गैसस महासंघ, सोडेक नेपाल, इन्प्रेड नेपाल, राष्ट्रिय दलित विकास संस्था, आरम्भ नेपाल, रेडियो कुशुम र नेपाल अपाङ्ग उत्थान समाज पर्वत सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली