२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

विनाशकारी भूकम्पको स्मरणमा पोखरामा गरियो प्रभातफेरि

२०७४, १२ बैशाख मंगलवार १३:३६

बैशाख १२ पोखरा | नेपालमा विनाशकारी भुकम्प गएको दुई बर्ष पुगेको छ । दुई वर्ष अघि वैशाख १२ गते गएको विनाशकारी भूकम्पको स्मरण गर्दै, पोखरामा प्रभातफेरि सहित सचेतना ¥याली गरिएको छ । नेपाल इन्सुरेन्स प्रोफेसनल सोसाइटीले आज मानवअधिकारचोकबाट सुरु गरेको ¥याली सभागृहमा पुगेर कोणसभामा परिणत भएको थियो ।

सभामा बोल्दै सोसाइटीका अध्यक्ष सुनयना पालिखेले, भूकम्पबाट प्रभावितहरुलाई आफ्नो संस्थाले आर्थिक तथा भौतिक सहायता गरेको स्मरण गर्दै, प्रकोपको क्षतिबाट बच्नका लागि विमा गर्नुपर्ने बताउनुभयो । नेपाल सर्भेयर एशोसियसनका अध्यक्ष सुरेन्द्र गोदारले विपत्ति जुनसुकै बेला पनि आउन सक्ने बताउँदै, त्यसको क्षति न्यूनिकरणका लागि सचेत हुनुपर्ने बताउनुभयो ।

कार्यक्रम संयोजक प्रशान्त धमलाले, सोसाइटीले गरेको मानविय हितका विभिन्न कार्यक्रमले पिडित पक्षले राहत महशुस गरेको बताउनुभयो । सोसाइटीका अध्यक्ष सुनयना पालिखेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव दीपक तिवारीले गर्नुभएको थियो ।

¥यालीमा सहभागीहरुले दुःखमा विमा सुखमा विमा, प्रकोपको क्षतिबाट बच्नका लागि विमा गरौँ, भूकम्पको पिडा वीमाको सुरक्षा, अनिवार्य वचतका लागि जीवन विमा लगायतका सन्देश लेखिएका प्लेकार्ड बोकेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा