2026-09-19 03:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा ९७ थान हतियार प्रहरी कार्यालयमा बुझाए

लोकेन्द्र प्रशाद जोशी/बैसाख १३, दार्चुला । दार्चुला जिल्लामा इजाजत लिएर राखिएका निजी हतियार बुझाउन सार्वजनिक अपिल गरेको एक महिनाको अवधिमा ९७ थान हतियार जिल्ला प्रहरी कार्यालयमा बुझाइएका छन । 

आसन्न स्थानीय तहको निर्वाचनको सुरक्षामा चुनौती बन्न सक्ने भन्दै गृह मन्त्रालयले हतियार खोज्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो । हालसम्म प्रहरी चौकी धापमा सबैभन्दा बढी २३ थान हतियार जम्मा भएको छ । 

जिल्ला प्रहरी कार्यालय दार्चुलामा ६ थान, प्रहरी इकाइ लालीमा २ थान, इलाका प्रहरी चौकी रिठाचौपातामा ६ थान हतियार जम्मा भएको छ । यस्तै प्रहरी चौकी धौलाकोटमा ७ थान, प्रहरी चौकी जोलजीबिमा ६ थान, इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा ६ थान, इलाका प्रहरी कार्यालय लटिनाथमा १ थान हतियार प्रहरीमा बुझाइएको छ । यसैगरी प्रहरी इकाइ सुनसेरामा ६ थान, सिप्टीमा २ थान, छापरिमा १ थान, बलाचमा १ थान हतियार जम्मा भएको छ । भने ब्रह्मदेब प्रहरी इकाइमा १, दत्तुमा १०, संकरपुरमा ८ र मालीकार्जुनमा ११ थान हतियार जम्मा भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी केदार खनालले जानकारी दिनुभयो । 

प्रहरीमा बुझाइएका हतियार मध्ये ८१ ओटा एक नाले र १६ ओटा दुइ नाले बन्दुक रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।  

चुनाव अवधिभरका लागि ती हतियार फिर्ता लिने भनिएपनि जिल्लामा इजाजत प्राप्त हतियार संख्या कति छ भन्ने एकिन संख्या भने नभएको डिएसपी खनालले बताउँनुभयो । 

जिल्ला प्रशासन कार्यालयको पूरानो अभिलेख अनुसार जिल्लाभरी झण्डै ७ सय ८४ थान बढि भरुवा बन्दुक रहेका छन् । तर पछिल्लो द्धन्द्धकालयता नविकरण भए नभएका हतियारबारे गाविसस्तरमा मात्र जानकारी हुने सहायक प्रमुख जिल्ला अधिकारी हर्क बहादुर सिह भनाई छ । 

निर्बाचन अवधिसम्म जम्मा भएका हतियारहरु निर्बाचन सम्पन्न भएको एक सातापछि हतियार धनीलाइ नै फिर्ता गरीने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई