Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

विद्यालय भर्ना अभियानले छोएन वादी समुदायका वालवालिकालाई

२०७४, १४ बैशाख बिहीबार ०२:०७

बैशाख १४, बझाङ । सरकारले कोही बालबालिका शिक्षाबाट बन्चित नहोस भनेर भर्ना अभियान सुरु गरे पनि बझाङका वादी समुदायका बालबालिकालाई विद्यालय भर्ना अभियानले छोएको छैन । 

बझाङ जिल्लाको सदरमुकाम चैन्पुर र थलारा गांउपालीकामा रहेका बादी समुदायका अभिभावक र बालबालिकालाई भने यसको कुनै मतलब छैन । घरमा समयमा खाना नपाक्ने र कहिले भोकै स्कुल जानु पर्ने बाध्यता रहेको गत वर्ष ३ कक्षामा पढदै गर्दा स्कुल छोडेकी थलाराकी निर्मला बादीले बताईन । 

थलारा र चैनपुरमा गरि जम्मा ४२ वादी परिवारका ७७ जना भन्दा बढी बालबालिका छन । घर नजिकै स्कुल भए पनि उनीहरु नियमित विद्यालयमा हाजिर नहुने थलारा उच्च माध्यमिक विद्यालयका शिक्षक धर्मराज उपाध्याय को भनाई छ ।

विभिन्न संघ संस्थाले बादीका बालबालिकालाई विद्यालयमा आर्कषित गर्नका लागी झोला कापीकलम लगायत सामाग्रीहरु दिने गरेको भए पनि एक दुइ दिन विद्यालय आउने र पछि विद्यालय नआउने गरेको सदरमुकामको नमुना निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक गजेन्द्र रसाइलीले बताउनु भयो । 

बझाङमा ४२ परिवार बादीको बसोबास रहेकोमा एक जनाले मात्र एसएलसी पास गरेका छन । वाबुआमाको सिको गर्दै सानै उमेरमा मदिराको लतमा फस्ने, मागेर खाने र कतिपय महिलाहरु किशोरावस्थामा नै देह व्यापारमा संलग्न हुने गरेकाले विद्यालय छोड्ने गरेको बादीबालबालिकाको क्षेत्रमा काम गरिरहेको जयपृथ्वी सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष जगदिस रोकायाले बताउनु भयो । 

उनि पनि स्कुले उमेरका बालबालिकालाई यो समुदायबाट अलग राखेर उच्च शिक्षा सम्म पढाउन सके बादी समुदायको पछिल्लो पुस्ता फेरिने रोकायाको भनाई छ । मकरराज धामीको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित