Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

डडेल्धुरामा चितुवाको छालासहित एक जना पक्राउ

By kit

ललित बोहरा/बैशाख १४, डडेल्धुरा । डडेल्धुरामा चितुवाको छालासहित एक जनालाई पक्राउ प्रहरीले गरेको छ ।

पक्राउ पर्नेमा डडेल्धुरा अमरगढी नगरपालिका ६ दुमडा बस्दै आएका ६० बर्षिय करबीर दत्त भट्टराई रहेका छन् । सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालय डडेल्धुराको संयुक्त टोलीले बुधबार राति पक्राउ गरेको भएपनी बिहीबार मात्र सार्बजनीक गरेको हो ।

सेतो प्लाष्टीको बोरामा लुकाई छिपाई बिक्री गर्न अन्य स्थानमा लगीरहेको गोप्य सुचनाका आधारमा अमरगढी नगरपालिका ७ पोखरा बजार नजिकको पोखरी भने स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पत्रकार सम्मेलन गरी जनाएको छ ।

सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समुहका प्रहरी सहायक निरीक्षक केशब जोशीको कमाण्डमा खटिएको टोलीले पक्राउ परेका भट्टराई साथवाट करिब ८ फिट ईन्च लम्वाई र २ फिट चौडाई भएको चितुवाको छाला बरामद गरेको हो ।

पक्राउ परेका भट्टराईलाई बिहीबार आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी  कार्यालय डडेल्धुराले  चितुवाको छालासहित जिल्ला वन कार्यालय डडेल्धुरालाई बुझाईएको छ ।

भट्टराईले २ बर्ष अगाडी स्थानिय जंगलमा गोली लागी मृत अवस्थामा फेला परेको चितुवाको छाला घरमा ल्याएको प्रारम्भिक अनुसन्धानवाट खुल्न आएको छ ।