४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा ठूलो परिमाणमा घरेलु मदिरा नष्ट

१४ बैशाख २०७४, बिहीबार ०८:२३

बैशाख १४, चितवन । चितवनमा प्रहरीले १० दिनको अन्तरालमा जिल्लाका विभिन्न क्षेत्रबाट कच्चापदार्थसहित ठूलो परिमाणमा घरेलु मदिरा नष्ट गरेको छ । 

जिल्ला प्रहरी कार्यालय, चितवनले सुरु गरेको घरेलु मदिरा नियन्त्रण अभियानका क्रममा वैशाख ४ गतेदेखि आजसम्म कच्चा पदार्थसहित २३ हजार ५५० लिटर घरेलु मदिरा नष्ट गरेको हो । 

चितवनका प्रहरी उपरीक्षक दीपक थापाले आज दिएको जानकारीअनुसार घरेलु मदिरा उत्पादन गर्ने भट्टीमै पुगेर नियन्त्रण अभियान चलाइएको छ । 

आजसम्म घरेलु मदिरा बनाउने कच्चा पदार्थ १८ हजार ४६० लिटर र तयारी मदिरा पाँच हजार ९० लिटर नष्ट गरिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो । 

स्थानीय निकायको निर्वाचन नजिकिएसँगै जिल्लामा प्रहरीले १० वटा युनिट परिचालन गरेर घरेलु मदिरा नियन्त्रण अभियान चलाएको जनाएको छ । सो अभियानका क्रममा मदिरा बनाउन प्रयोग हुने २३३ थान भाँडासमेत बरामद गरेको छ । केही क्षेत्रका मदिरा बनाउने भट्टीसमेत भत्काइएको प्रहरीले जनाएको छ । 

जिप्रका, चितवनले भरतपुरसहित नारायणगढ, चनौली, गीतानगर, भण्डारा, लोथर भोजाड, दिव्यनगर बछ्यौली, मुग्लिन क्षेत्रमा एकैचोटी अभियान चलाइरहेको छ । निर्वाचन नजिकिएसँगै घरेलु मदिराको प्रयोग बढ्न सक्ने र यसले अपराधलाई प्रश्रय दिने आशङ्कामा निगरानी बढाइएको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद