४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वन क्षेत्रमा गाईबस्तु चराउन बन्द

१५ बैशाख २०७४, शुक्रबार ०७:१९

वैशाख १५, चितवन । पर्यटकीय क्षेत्रका रुपमा विकास भएको पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वन क्षेत्रमा गाईबस्तु चराउन बन्द गरेको छ ।

पर्या–पर्यटनको विकास र वन्यजन्तु संरक्षणका लागि यहाँ चरिचरन बन्द गरिएको कुमरोज सामुदायिक वनका कार्यालय सचिव भरत नेपालले जानकारी दिए । 

सामुदायिक वन संरक्षण भएसँगै यहाँ वन्यजन्तुको वासस्थानमा बृद्धि भएकाले निश्चित स्थान छुट्याएर अन्य क्षेत्रमा चरिचरन बन्द गरिएको हो । सामुदायिक वनले अहिले गाउँका बस्तु चराउन दुई ठाउँमा तारबार लगाएर स्थान छुट्याएको छ ।

कुमरोज वनको इचर्नी पोष्ट र जनकपुर पोष्टनजिकै झन्डै १०/१० हेक्टर क्षेत्रफलमा मात्रै चरिचरन गर्न पाइने नियम बनाइएको नेपालले जानकारी दिए । अन्य क्षेत्रमा मानिस र पालुवा जनावरको आवतजावत हुँदा पर्या–पर्यटनमा र वन्यजन्तुको वासस्थान प्रभावित हुने भएकाले चरिचरनमा रोक लगाइएको सामुदायिक वनले जनाएको छ ।

स्थानीय बूढी राप्ती उपभोक्ता समिति, कुमरोज सामुदायिक वन, खैरहनी नगरपालिका, चोरी सिकार नियन्त्रण युवा जागरण अभियानलगायत सङ्घसंस्थाको पहलमा चरिचरन बन्द गरिएको हो ।

जङ्गलमा चरिचरन र घाँस दाउरा गर्न जाँदा वन्यजन्तुको आक्रमणमा परी मानिसको समेत ज्यान जाने खतरा रहेकाले अहिले जोखिम कम भएको स्थानीयवासी गोविन्द दराईले जानकारी दिए । 

चितवनको सौराहासँगै जोडिएको उक्त क्षेत्रमा अहिले विदेशी पर्यटकसमेत गैँडा हेर्न पुग्छन् भने हात्ती सफारी र जिप सफारी गरेर वन्यजन्तु अवलोकनको सुविधा उपलब्ध गराइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद