बैशाख १६, गुल्मी । बाग्लुङ्गको बडिगाढ गाँउपालीका २ हाँडीखोलामा एक ब्यक्तिको मृत अबस्थामा शब फेला परेको छ ।

बडिगाढ गाँउपालीका २ दगातुम्डाडा निवासी जित बहादुर रानाको छोरा २८ बर्षीय रेम बहादुर रानाको शब हाँडीखोलामा रहेको पुलको मुनी पट्टी भेटिएको प्रहरी चौकी खर्बाङ्गका प्रहरी नायब निरिक्षक भोजराज बानियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार राना हिजोदेखी घरबाट हराएका थिए । उनको शब पुष्पलाल मध्यपहाडी लोकमार्गको राङ्दाीफाँटमा रहेको पक्की पुल नजिकै बाँसको घारीमा भेटिएको उहाँले जानकारी दिनुभयो ।

बानियाका अनुसार शबको प्रकृतिको मुचुल्का उठाउनको लागि इलाका प्रहरी कार्यालय हरिचौरको टोली आउँदै गरेको छ । उहाँले घट्ना माथी थप अनुसन्धान भइरहेको समेत जानकारी दिनुभयो ।

शनिबार बिहान करिब ५ बजेर ४५ मिनेटको समयमा स्थानीय महिलाहरुले शब देखेपछि प्रहरीलाइ खबर गरेका थिए । -अनिश शर्मा गैरेको सहयोगमा

April 29, 2017
बाग्लुङ्ग - BGL, समाज
बाग्लुङ्गमा एक युवाको शव बाँस घारीमा भेटियो
By kit
2 मिनेट पढाइ