वैशाख १६, भक्तपुर । भक्तपुरमा इँटा बनाउन खनेको पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ ।
सूर्यविनायक नगरपालिका-५ गुण्डुमा इँटा बनाउन खनेको पोखरीमा डुबेर मन्थली नगरपालिका-१० रामेछापका श्याम नेपालीको दुई बर्षीय छोरा रामशरण नेपालीको शनिबार ज्यान गएको हो ।
इँटा बनाउनका लागि खनेको पोखरीमा नजिकै आमाबाबु इँटा बनाउँदै गर्दा खेल्दै पोखरीमा पुगेको बालक डुबेर ज्यान गएको महानगरीय प्रहरी बृत्त जगातीले जनाएको छ ।
पोखरीमा डुबेको बालकको उपचारको लागि भक्तपुर अस्पताल ल्याउँदै गर्दा ज्यान गएको बताइएको छ ।