पर्वत । महिला तथा बालबालिका कार्यालयले आफ्नो कार्यालयबाट अनियमितता भएको खबर प्रसारण भएपछि त्यस विषयमा पहिलो पटक बोलेको छ । हप्तादिन अगाडि कार्यालयमा पेश्की रकम लिने नाउमा कर्मचारीले अनियमितता गरेको खबर बाहिर आएता पनि बल्ल कार्यालयले यस विषयमा मुख खोलेको हो । क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । महिला तथा बालबालिका कार्यालयले आफ्नो कार्यालयबाट अनियमितता भएको खबर प्रसारण भएपछि त्यस विषयमा पहिलो पटक बोलेको छ । हप्तादिन अगाडि कार्यालयमा पेश्की रकम लिने नाउमा कर्मचारीले अनियमितता गरेको खबर बाहिर आएता पनि बल्ल कार्यालयले यस विषयमा मुख खोलेको हो । क"/>
2026-09-19 07:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शंकाको भरमा होइन तथ्यका आधारमा समाचार प्रसारण गर्न महिला तथा बालबालिका कार्यालयको ध्यानाकर्षण

पर्वत । महिला तथा बालबालिका कार्यालयले आफ्नो कार्यालयबाट अनियमितता भएको खबर प्रसारण भएपछि त्यस विषयमा  बोलेको छ । हप्तादिन अगाडि कार्यालयमा पेश्की रकम लिने नाउमा कर्मचारीले अनियमितता गरेको खबर को विषयमा  कार्यालयले  मुख खोलेको हो । कार्यालयले पेश्की रकम लिन र काम गर्न पाउने कानूनी व्यवस्था भएको र यसैलाई विषय बनाएर समाचार प्रसारण भएको प्रति ध्यानाकर्षण भएको भन्दै विज्ञप्ती निकालेको छ । कार्यालयमा हुने कुनै पनि काम गर्दा पेश्की लिने र सोही अनुसार काम हुने भन्दै सार्वजानिक भएका समारचारहरु भ्रम फैलाउने र कार्यालयको अपमान गर्ने खालको भएको जनाएको छ । 

महिला तथा बालबालिका कार्यालय पर्वतका प्रमुखको हस्ताक्षर रहेको उक्त विज्ञप्तीमा गलत काम भएको भए त्यसको बारेमा अनुसन्धान तथा खोज गर्नको लागि सरोकारवाला निकाय भएको बताएको छ । कार्यालयले महिला तथा बालबालिका कार्यालयबाट प्रवाह हुने सेवा र पेश्की रकम लिएर काम गरेको विषयलाई शंकाको भरमा राखेर समाचार प्रसारण गर्नु पत्रकारीताको धर्म र मर्म हुननसक्ने उत्त विज्ञप्तीमा उल्लेख गरीएको छ ।

कार्यालयले सचेत गराउने राज्यको चौथो अंगले तथ्यका आधारमा भन्दा पनि कपोकल्पीत र शंकाको भरमा समाचार संप्रेषण गर्नु आफैमा दुखद भएको जनाएको छ । 

महिला तथा बालबालिका कार्यालयले बर्षभरीको रकम पेश्कीमा लिइ ३५ दिनमा रकम फस्यौट गर्नुपर्ने भएता पनि सोही अनुसार काम नगरेको समाचार प्रकाशनमा आएको थियो । महिला हिंसा विरुद्धको १६ दिने अभियान देखि अन्य कामहरुमा समेत अनियमिता र तोकिएको मितिमा लिइएको पेश्की रकम फस्यौट हुन नसकेको खबर सार्वजानिक भएको थियो ।

यस्तो छ विज्ञप्ती

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो