२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा सञ्चालित गरिबी निवारण सम्बन्धी सबै कार्यक्रमलाई एकीकृत गरिदैँ

२०७३, २१ बैशाख मंगलवार १२:२५

बैशाख २१, डडेल्धुरा । गरिबी निवारणका कार्यक्रम धेरैतिर छरिँदा चाहे जति प्रभावकारी हुन नसकेको भन्दै गरिवि निवारण कोष डडेल्धुराले गरिबी निवारण सम्बन्धी सबै कार्यक्रमलाई एकीकृत गरी सञ्चालन गर्ने तयारी गरेको छ ।

गरिवि निवारण कोष डडेल्धुराद्धारा आज आयोजित सामुदायिक संस्थाको सस्थांगत स्तरवृद्धि मापन सम्बन्धि अभिमुखीकरण गोष्ठीमा बोल्दै संयोजक धर्मराज उप्रेतीले गरिबी निवारणको नाममा विविध कार्यक्रम फरक–फरक निकायबाट सञ्चालन भइरहेको अवस्थामा समन्वयको अभावले गर्दा भने जति प्रभावकारी बन्न नसकेको बताएका छन ।

कार्यक्रमका प्रमूख अतिथि तथा प्रमूख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले त्यस्ता कार्यक्रमलाई एकीकृत गर्ने गरी प्रभावकारी संयन्त्र मार्फत सञ्चालन गरिनुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक पर्ने योजना तयार पार्नुपर्ने सुझाव दिएका छन ।

गरिवि निवारण कोष डडेल्धुरा मार्फत सञ्चालित सामुदायिक संस्थाको सङ्ख्या ५ सय ५ रहेको छ । हाल कुल जनसङ्ख्याको २१ प्रतिशत भन्दा माथि गरिबीको रेखामुनि रहेकाले गरिबीलाई १८ प्रतिशतमा झार्नुपर्नेमा समेत गोष्ठीमा जोड दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ