पर्वतका युवा कलाकार गोपाल लामिछानेद्धारा निर्देशित फिल्म लम्फू चलचित्रको छायांकन युनिट पर्वतमा आफ्नो छायाँकनको कार्यक्रम सकेर काठमाडौं फर्केको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वतका युवा कलाकार गोपाल लामिछानेद्धारा निर्देशित फिल्म लम्फू चलचित्रको छायांकन युनिट पर्वतमा आफ्नो छायाँकनको कार्यक्रम सकेर काठमाडौं फर्केको छ ।

2026-09-19 07:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

‘लम्फू’ चलचित्रको छायाङ्कन टोली काठमाडौं फर्कियो

पर्वतका युवा कलाकार गोपाल लामिछानेद्धारा निर्देशित फिल्म लम्फू चलचित्रको छायांकन युनिट पर्वतमा आफ्नो छायाँकनको कार्यक्रम सकेर काठमाडौं फर्केको छ ।

जिल्लाका धामिर्क तथा पर्यटकीय स्थलहरु विशेषगरी लामा अग्ला तीन झोलुङ्गे पुल, केवलकार लगायतका क्षेत्रमा सुटिङ सम्पन्न गरी छायांकन युनिट काठमाडौं फर्केको हो । 

चैत्र २७ गते चलचित्र छायाँकनका लागि पर्वतमा आएको युनिटले २१ दिनसम्म आफ्नो छायाँकन पर्वतमा गरेर फर्केको हो । छायांकन सकेर काठामाडौ फर्केको युनिटलाई जिल्लामा क्रियाशिल मिलन क्लवले विदाई कार्यक्रमको आयोजना गरी विदाई गरेको हो । 

जिल्लामा सवैभन्दा जेठो र पुरानो क्लबका रुपमा रहेको मन बचन र कर्मले सेवा गर्दै आइरहेको क्लबले छायांकन युनिटलाई जिल्लामा छायांकनका क्रममा सहयोग गर्दे आइरहेको थियो । २० दिनसम्म चलचित्र युनिटसँगै साथ र सहयोग दिदै सेवामा समर्पित बनेको क्लबले छायांकन  कार्यक्रम सकिएपछि विदाइ गरेको हो । 

लम्फू चलचित्रका निर्देशक लामिछानेले भने(‘पर्वतको पर्यटन र यहाँको सांस्कृतिक पक्षलाई प्रचारप्रसार गर्न  फिल्मले सहयोग पुराउने बताए ।  उनले जिल्लामा छायांकन गर्ने क्रममा जिल्लामा रहेका विभिन्न सरकारी तथा गैसरकारी निकायको साथ र सहयोग पाएकोमा खुसि व्यक्त गरे ।

जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलको सिनहरु कैद गरेको चलचित्रले कति सम्म जिल्लाको प्रचार गर्न सक्छ भन्ने कुरा चलचित्र रिलिज भएपछि मात्रै थाहा हुने उनले बताए । 

स्थानीय तहमा फिल्म छायांकन टोलीलाई मिलन क्लवले संयोजनकारी भूमिका निभाएको थियो ।  क्लबले स्थानीय कलाकार छनोट तथा अन्य कार्यमा समेत विशेष भूमिमा निर्वाह गरेको थियो । 

लम्फू चलचित्र निर्माता शक्तिवल्दव घोरासिनीले पर्वत जिल्ला पर्यटीय हिसाबले अतिनै उत्कृष्ठ रहेको बताए । उनले फिल्म युनिटले जिल्लाको उत्कृष्ठ सिनहरु कैद गरेको बताउँदै जिल्लामा बस्ने रहर अझै पुरा नभएको भन्दै आगामी दिनमा पर्वतमा परिवारसहित घुम्न आउने सोच बनाएको बताए ।

चलचित्रमा कबिर खड्का, मरिस्का          पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, ओम गुरुङ, कुशाग्र      भट्टराई लगायतको प्रमुख अभिनय रहनेछ ।

बाल कलाकार कुशाग्र भट्टराइले फिल्म सुटिङमा निकै     रमाइलो भएको बताए । उनले काठमाडौंमा पनि यस्तै मनमोहक सिनहरु भैदिए कति रमाइलो हुने बताउँदै जिल्लाको बसाई उत्कृष्ठ रहेको बताए ।

त्यसैगरी फिल्ममा स्थानीय कलाकारहरु थमनसिंह पुर्जा, सन्तोष कार्की, विज्ञान हमाल,      एभरेष्ट गहतराज, सृजना बस्याल, काजल विसी, सरिता सेन्चुरी, विमा पुन, विमला विसी, विकास शर्मा,        दिपकराज पाण्डे लगायतले अभिनय  गरेका छन् ।

पपुलर मल्टिमिडियाको ब्यानरमा बन्ने फिल्मको लेखन भूपतिको हो । सो ब्यानरबाट यसअघि चलचित्रहरु ’किन लाग्छ माया’, ’बोक्सी’ र ’दि मिरर’ निर्माण भईसकेका छन् साथै पुनम ईन्टरटेन्मेन्टको सहकार्यमा ’ओ माइ म्यान’ नामको लघु चलचित्र पनि निर्माण भइसकेको छ ।

फिल्मको कथाले सुखी र सम्पन्न जीवन जिउँने लक्ष्यका साथ शहर पसेको एक युवकको जीवनका यात्रा देखाउछ भने उसले यात्रा गर्ने क्रममा भोगेका  आरोह अवरोहलाई उल्लेख गर्ने छ । 

अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा द्वन्द्व अष्ट महर्जनको छ भने दिपक बज्राचार्यले छायांकन र हरि सिलवालले सम्पादनको जिम्मेवारी निभाउने छन् ।      त्यसैगरी नृत्य निर्देशनमा रामजी लामिछाने छन् ।

  पुनम ईन्टरटेन्मेन्टको कस्ट्युम डिजाईन रहने चलचित्रलाई ४० दिन भित्र खिचिसक्ने लक्ष्य निर्माण टिमले राखेकोमा यतिखेर पर्वतमा छायांकन हुँदैछ । पर्वतका रमणीय स्थलहरुमा खिचिन थालेको लम्फू काठमाडौंमा समेत खिचिने निर्देशकले बताए । 

चलचित्रमा समावेश हुने गीतहरुमा प्रमोद ढुङ्गाना, नरेश     भट्टराई, युवराज सापकोटा र दिग्गज धौरालीका शब्द रहने बताइएको छ । पर्वतकै चित्रेमा घर भई हाल अस्टे«लिया बस्दै आएका ओम गुरुङ अध्यक्ष रहेको हाइलाइट्स नेपालले फिल्म वितरणको जिम्मा लिएको छ ।पर्वत मिलन क्लबका अध्यक्ष लक्ष्मण श्रेष्ठको अध्यक्षतामा भएको पत्रकार सम्मेलन कार्यक्रमको संचालन सचिव विनोद वि. पोख्रेलले गरेका थिए । 

सम्मेलनमा पत्रकार महासंघका अध्यक्ष छविलाल तिवारी सहित जिल्लामा क्रियाशिल पत्रकार, रंगकर्मीको सहभागीता रहेको थियो । चलचित्र निर्माण युनिट चलचित्र छायांकनको क्रममा पर्वतमा २० दिन रहने छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो