2026-09-19 05:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

पेटभरी खान पुग्दैन तर बिदाका दिनमा श्रम गरेर पढ्छन् एकै घरका ५ बालबालिका

कविता उपाध्याय/बैशाख १९, रोल्पा । लिबाङ नगरपालिका वडा नं. ६ धबाङका १६ वर्षिय प्रकाश बुढामगर बाल कल्याण उच्च माध्यमिक विद्यालय लिबाङ रोल्पामा अध्ययनरत हुनुहुन्छ । 

हाल उहाँ प्लस टु को छात्रको रुपमा विद्यालयमा भर्ना हुनुभएको छ । 

विद्यालयमा लगनशिल मेहनती तथा अनुशासित छात्रको रुपमा रहेका बुढामगर आर्थिक अभावका कारण विद्यालय बाहिरको समयमा लिबाङमा ज्याला मजदुरी गर्दै शैक्षिक सामाग्री तथा अध्ययन खर्च जुटाउदै आउनु भएको छ । समय र आवश्यकता अनुसार उहाँ हरेक काममा  संलग्न देखिनुहुन्छ । उहाँलाई कहिले बालुवा, गिट्टी बोक्ने, कहिले घर तथा पर्खालको  गारो लगाउने त कहिले ग्रील तथा फर्निचर सम्वन्धी काममा संलग्न भएको देख्न पाइन्छ । 

उहाँ जस्तै उहाँका जेठा दाजु र दिदी तथा भाइ र बहिनीले यसरी नै कडा परिश्रम गर्दै आफ्नो अध्ययनलाई निरन्तरता दिदै आउनु भएको छ । “हामी दाजुभाइ बिदाका बेला लिबाङमै काम गर्छाै तर दिदी र बहिनी भने लामो समयको बिदामा गाउँ फर्केर गाउँँमै काम गर्नुहुन्छ” बुढामगरले भन्नुभयो । 

उहाँका दाजु हाल गाउँकै  विद्यालयमा शिक्षण पेशामा संलग्न हुनुहुन्छ । जसका कारण परिवारको आर्थिक समस्यामा केही सुधार आएको छ । तरपनि दाजुको मासिक तलवमात्र ५ जनालाई पठनपाठनका लागि र घर खर्च चलाउन पर्याप्त नभएपछि आफूहरु ज्याला मजदुरीगरेर पढ्न बाध्य भएको उहाँको भनाइ छ । 

उहाँका दाजुले पनि कुनैबेला लिबाङमा बालुवा गिट्टी बोकेर नै शैक्षिक सामाग्री जुटाउदै पढ्नु भएको थियो । तर जागिर खाने बाध्यताले उहाँको प्लस टु पछिको अध्ययनले निरन्तरता पाउन सकिरेहको छैन । भाइ बहिनीहरु सक्षम भएभने पूनः आफ्नो पढाइलाई निरन्तरता दिदै जाने उहाँको धारणा छ । वर्षभरी मरिमेटी काम गर्दा पनि पेटभरी खान नपुग्ने भएपछि एकै घरका पाँच बालबालिका विदाका दिनमा ज्याला मजदुरी गरेर लिबाङमा अध्ययन गर्दै आएका हुन् । 

बुढामगरका ५५ वर्षिय पिता पहलमान बुढामगरले आर्थिक अभावको परिपूर्तिका लागि लामो समय बैदेशिक रोजगारीमा बिताइसक्नु भएको छ । छोराछोरी ज्यालामजदुरी गरेर पढ्ने भएपछि हाल उहाँ घरमै खेतीपाती गर्दै आउनु भएको छ । धबाङमा सानो घर छ अनि घरवरपर सानोे पाटो छ । तर उब्जनी हुँदैन । भएको उब्जनीले श्रीमती र पाँच छोराछोरी सहित सात जनाको परिवारलाई पेटभरी खान मुस्किल पर्छ । जसका कारण उहाँका छोराछोरीको सहजै विद्यालय जाने वातावरण बन्न सकिरहेको छैन । 

आर्थिक अभावले गला थिचिरहदा पनि पाँचै जनाको पढ्ने उमेर भने बढिरहेकै देखन्छि । गाउँमा अन्य परिवारका आफ्नो उमेरका साथीहरुले गरिवीका कारण पढाइलाई निरन्तरता दिन सकिरहेका छैनन् । कोही बैदेशिक रोजगारीमा छन् त कोही गाउँमै खेती किसानी गर्छन । कोही कुलतको बाटोमा हिडिरहेका छन् । तरपनि यो परिवारका पाँचैजना सन्तान निरन्तर अध्ययनमा जुटिरहेका देखिन्छन् । 

“खाने मुखलाई जुंगाले छेक्दैन” भने झै मनभित्रबाट जागेको उत्साह र चाहनालाई जसरीपनि परिपूर्ति गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेको छ बुढामगर परिवार । उच्च शिक्षा हासिल गरिसकेपछि  यही नै बन्छु भन्ने उनीहरुको कुनै निर्धारित लक्ष्य छैन । तरपनि जागिर गरेर आर्थिक अवस्थामा सुधार आउछ कि भन्ने झिनो आशाभने बाँकी नै छ । कर्मचारी आवश्यकताको सूचना प्रकाशित भएपछि पटक पटक एलएल्सी उत्तीर्ण गरेको सर्टिफिकेट बोकेर आवेदन दिन जाँदा कहिले उमेर नपुग्ने कहिले सोर्स नपुग्ने भएपछि खिन्न बनेका प्रकाशलाई पछिल्ला दिनमा लोकसेवाको परीक्षा मात्र निष्पक्ष हुन्छ भन्ने कुरामा विश्वास बढेको छ । मेहनत गरे अवश्यपनि एकदिन सफल भइने आशा र विश्वासका साथ उहाँ लोकसेवाको पनि तयारीमा जुटिरहनु भएको छ । उहाँका अनुसार गत चैत महिनामा लोकसेवा आयोगमा श्रेणी बिहिन कार्यालय सहयोगी पदका लागि उहाँँले आवदेन दिनुभएको छ । तर मजदुरी गरेर थाकेको शरिरले पढाइलाई चाहे अनुरुप प्राथमिकतामा राख्न नसकेको उहाँको दुखेसो छ । सानो कक्षामा पढ्दा सरकारले निःशुल्क पाठ्यपुस्तक वितरण गरेको र मासिक शुल्क नलिएको हुँदा केही सहज भएपनि माथिल्ला कक्षाहरुमा थप समस्या चुलिदै जान थालेको छ । गाउँको विद्यालयमा मासिक शुल्क महंगो भएपछि पाँचै जना लिबाङमा डेरा गरेर पढ्न बसेको उहाँँले बताउनु भयो । 

“बुवाआमाले हाम्रालागि आफ्नो हाडमासु खियाई सक्नु भएको छ अबपनि हामीले दुःख नगरे सन्तानहुनुको अर्थ रहदैन त्यसैले हामी आफै संघर्ष गर्छाै । सरकारको मुख ताकेर बस्नुपनि मुर्खता हो” प्रकाशले भन्नुभयो । तरपनि सरकारले पढ्न चाहने विपन्न बालबालिकाकालागि भर्ना शुल्क र मासिक शुल्क सस्तो गरिदिन सके आफूहरुलाई थप राहत हुने उहाँको धारणा छ । प्रकाशका अनुसार काम गरेर पढेको देख्दा कहिलेकाँही साथीहरुले होच्याउने गर्छन् ।  तरपनि उहाँलाई दुःख लाग्दैन किनकी  हिलोमा नै कमल फूल्छ । मान्छे धन सम्पत्ती र ऐस आरामले होइन मेहनले ठूलो बन्छ भन्ने उहाँँले राम्ररी बुझ्नुभएको छ । कुनैबेला आफूलाई खिल्ली उडाउने साथीहरु आज कूलतमा लागेका छन् । त्यसैले सकारात्मक सोंच नै सफलताको महत्वपूर्ण पाटो हो उहाँले भन्नुभयो, “आम मान्छेमा जस्तै हामीमा पनि नयाँ सोच, नयाँ चिन्तन र आकांक्षाहरु छन् तर मनभित्र सिमित छन् हाम्रा आकांक्षाहरु । हाम्रा चाहनामा गरिवीले तगारो बनेर बाटो छेकिरहेको छ ” । 

प्रकाशकी दिदीपनि हाल प्लस टु मा अध्ययन गर्दै हुनुहुन्छ । प्लस टु पछि उहाँ टेक्निकल लाईनमा जान चाहनुहुन्छ तर उहाँहरुको अवस्था दयनीय छ । यी बालबालिकाले कुनै पनि सरोकारवाला निकायबाट सहयोग पाएका छैनन् । बालबालिकाका नाममा संचालित संघसंस्थाको यसतर्फ ध्यानाकर्षण हुनसके यी बालबालिकाको समुज्वल भविष्यको परिकल्पना साकार हुनेथियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई