2026-09-19 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

उपक्षेत्रीय अस्पताल डडेल्धुरामै हर्निया देखी हाईड्रोसिलको सल्यक्रिया शुरु

ललित बोहरा/बैशाख २८, डडेल्धुरा । डडेल्धुरा जिल्लामा पहिलो पटक हाईड्रोसिल देखि हर्निया र एपेण्डीसाईटको उपचार शुरु भएको छ ।

उप क्षेत्रीय अस्पताल डडेल्धुरामा एमडिजिपि डा.जिेतेन्द्र कडेल आएपछि हाईड्रोसिल, हर्निया सहितको सल्यक्रिया गरी उपचार सेवा शुसरु भए पछि अस्पताल एक नयाँ आयाम थपीएको छ । विगतमा यी रोगको उपचारका लागि यस क्षेत्रका नागरिकले कैलाली वा भारत जानु पर्ने वाध्यता थियो ।

उपक्षेत्रिय अस्पतालमा सल्यक्रियाबाट उपचार सम्भव भए संगै यस क्षेत्रका विरामीका लागि राहत पुगेको स्थानिय वासीन्दाले वताएका छन् । वैशाख महिना देखि यी सम्पुर्ण रोगको उपचार हुन थालेको उप क्षेत्रीय अस्पताल डडेल्धुरा विकास समिति अध्यक्ष लक्ष्मण सिहले वताएका छन ।

वैशाख महिनाको २ गते देखी हाल सम्म ६ जना गर्भवती महिलाको सिएस गरिएको, १ जनाको हाईड्रोसिलको उपचार र २ जना हर्नियाको उपचार गरिएको उप क्षेत्रीय अस्पताल डडेल्धुराले जनाएको छ ।

उप क्षेत्रीय अस्पताल डडेल्धुरामा यी रोगको उपचार हुन थाल पछि सुदुरपश्चिमका ७ पहाडि जिल्लाका विरामीलाई उपचार गराउन सहज भएको एमडिजिपि डा. कडेलले वताएका छन । यसैगरी दुई दर्जन माईनर सल्य क्रिया गरिएको अस्पतालले जनाएको छ ।

डा. कडेल आउनु भन्दा पहिले माईनर सल्यक्रियाका लागि समेत विरामी तराईका जिल्ला वा भारत जान वाध्य हुने गरेका थिए । उप क्षेत्रीय अस्पताल डडेल्धुरामा अझै सेवा सुविधा विस्तार गर्नु आवश्यक रहेको यस क्षेत्रका स्थानियको माँग छ ।

यसैगरी उप क्षेत्रीय अस्पताल डडेल्धुरामा तिन दिन सम्म संचालन भएको पाठेघर सम्वन्धीको सिविर आईतवार सम्पन्न भएको छ । तिन दिन सम्म संचालन भएको सिविरमा १२ जनाको पाठेघरको सल्यक्रिया, गरिएको छ भने २५ जनालाई औषधी सहित सल्लाह सुझाव दिइएको उप क्षेत्रीय अस्पताल डडेल्धुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई