वैशाख २०, रोल्पा । पानीको अभाव भएको ठाउँमा साबुनपानीले हात धुनका लागि उपयोगी हुने टिपी ट्याप (तिर्तिरे धारो) प्रविधिबारे लिबाङमा शिक्षकलाई तीन दिनसम्म अभ्यास गरा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख २०, रोल्पा । पानीको अभाव भएको ठाउँमा साबुनपानीले हात धुनका लागि उपयोगी हुने टिपी ट्याप (तिर्तिरे धारो) प्रविधिबारे लिबाङमा शिक्षकलाई तीन दिनसम्म अभ्यास गरा"/>
२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा शिक्षकले ‘टिपी ट्याप’को प्रयोग सिके

२०७४, २० बैशाख बुधबार ०८:२६

वैशाख २०, रोल्पा । पानीको अभाव भएको ठाउँमा साबुनपानीले हात धुनका लागि उपयोगी हुने टिपी ट्याप (तिर्तिरे धारो) प्रविधिबारे लिबाङमा शिक्षकलाई तीन दिनसम्म अभ्यास गराइएको छ ।

जिल्ला समन्वय समितिअन्तर्गत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको सहयोगमा लिबाङ स्रोत केन्द्रस्तरका प्राथमिक तहका शिक्षकका लागि आयोजना गरिएको पूर्ण सरसफाइ अभिमुखीकरण कार्यक्रममा शुक्रबारदेखि आइतबारसम्म सो अभ्यास गराइएको जिल्ला समन्वय समिति रोल्पाका सरसफाइ फोकल पर्सन दामोदरप्रसाद सुवेदीले आज जानकारी दिए। 

उनका अनुसार जिल्ला खुला दिसामुक्त भइसकेपछि पूर्ण सरसफाइ गतिविधि सञ्चालन गर्न जिल्लामा विभिन्न किसिमका कार्यक्रम आयोजना भइरहेका छन् । यसअन्तर्गत विभिन्न क्षेत्रमा अभिमुखीकरण, अध्ययन अवलोकन भ्रमण, बहस पैरवी, बैठक छलफललगायत क्रियाकलापअन्तर्गत पूर्ण सरसफाइमा विद्यालयको महत्वपूर्ण भूमिका हुने भएकाले शिक्षकका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो ।

विद्यालयले नेतृत्व गरेर सञ्चालन गर्ने सरसफाइ क्रियाकलाप अत्यन्त प्रभावकारी हुने भएकाले प्रावि तहका शिक्षकका लागि यो अभिमुखीकरण थालिएको थियो । कार्यक्रममा जिल्लाको पूर्ण सरसफाइ रणनीतिक योजना, नेपालको सरसफाइ गुरुयोजना, पूर्ण सरसफाइका विभिन्न सूचक, चर्पी प्रयोग र त्यसमा सुधार गर्नुपर्ने पक्ष, पानी र यसको सदुपयोगलगायत विभिन्न विषयमा जानकारी गराइएको जिल्ला परियोजना अधिकृत भोलानाथ आचार्यले जानकारी दिए। 

कूल ४८ जनाभन्दा बढीको सहभागिता भएको कार्यक्रममा शौचालयको प्रयोगमा प्रयोगकर्ता मैत्रीलगायत पानीको अभाव भएको ठाउँमा कसरी प्रयोग गर्ने भन्ने विषयमा प्रयोगात्मक अभ्यास गराइएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराई, स्थानीय विकास अधिकारी सुशील वैद्य, जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेल, खानेपानी तथा सरसफाइ सबडिभिजन प्रमुख भोलाप्रसाद थापा, जिविसका वास फोकल पर्सन सुवेदी, परियोजनाका जिल्ला परियोजना अधिकृत भोलानाथ आचार्य, जिससका दीपक डिसी, खानेपानी कार्यालयका डिल्लीराज न्यौपानेलगायतले तीन दिनसम्म प्रशिक्षण दिएकाआयोजकले जनाएका छन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ