Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

झापा बुद्धशान्ति गाउँपालिकाको स्वास्थ्य चौकीबाट प्रसूतिसहितका सेवा

By kit 3 मिनेट पढाइ

वैशाख २०, झापा । झापाको बुद्धशान्ति गाउँपालिका–५ मा रहेको शान्तिनगर स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भएको छ ।

भवन निर्माण सम्पन्न भएसँगै मङ्गलबारदेखि स्वास्थ्य चौकीले सो भवनबाट सेवासमेत सुरु गरेको छ । एक करोड ३० लाख २९ हजार रुपैयाँको लागतमा चारसय ९५ वर्ग मिटर क्षेत्रफलमा दुईतले भवन निर्माण गरिएको शान्तिनगर स्वास्थ्य चौकीका प्रमुख दीपक सापकोटाले बताए।

नवनिर्मित भवनबाट अब प्रसूतिसहितका सेवा प्रदान गरिने बताइएको छ । स्वास्थ्य चौकीको भवन अपाङ्ग मैत्री बनाइएको छ । स्वास्थ्य चौकीबाटै प्रसूतिसहितका सेवा प्रदान गरिने भएपछि उत्तरी झापा र दक्षिणी इलामका सेवाग्राही सबैभन्दा बढी लाभान्वित हुने बताइएको छ ।

दाताले सात कट्ठा जमिन उपलब्ध गराएपछि स्वास्थ्य चौकी भवन निर्माण गरिएको अहेव सापकोटाले बताए। सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामअन्तर्गतको फिल्ड कार्यालय, झापाका इन्जिनियर सुमनकुमार मिश्रले मङ्गलबार भवन हस्तान्तरण गरेसँगै स्वास्थ्य चौकीले नयाँ भवनबाट सेवा सुरु गरेको हो । रासस