2026-09-18 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बस भित्रै यात्रुको ज्यान गयो

विमल धामी/भदौँ १२, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा छोटो दुरीमा रहेको दैजी–बेल्डाँडी–बेलौरी सडक खण्डमा एक जनाको बस भित्रै मृत्यु भएको छ । बेलौरी देखि महेन्द्रनगर आउने क्र्ममा सुडा १ भुडाका ५५ बर्षिय स्थानिय सोमन रानाको शनिबार दिउँसो बसभित्रै मृत्यु भएको प्रहरीले जनाएको छ ।

daiji beldadi sadakkhanda

ईलाका प्रहरी कार्यालय बेल्डाँडीका अनुसार बेलौरी देखि महेन्द्रनगर तर्फ आईरहेको म१ख ४१८ नम्बरको बसमा कालिकिच पुग्दा रानाको बसभित्रै मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय बेल्डाँडीका इन्चार्ज नेत्र बहादुर बोहराले जन्डिसका बिरामी रानाको बेलौरी देखि कालिकिच पुग्दा बसभित्रै ज्यान गएको जानकारी दिनुभयो । उहाँका अनुसार उपचारका लागि शनिबार बिहान सुडा देखि बेलौरी आएर वैद्यकहाँ उपचार गराए घर फर्कने क्र्ममा कालिकिच पुग्दा उनको बिच बाटैमा मृत्यु भएको हो ।

जन्डिसका बिरामी रानाको कालगतीको मृत्यु भएको प्रहरीको भनाई छ । श्रीमती सुमित्रा रानासंगै उपचारका लागि बेलौरी गएका रानाको कच्ची सडक विच बाटैमा मृत्यु भएको मृतक रानाका श्रीमतीले बेल्डाँडी प्रहरी समक्ष बताएकी छिन् । श्रीमानको उपचारपछी निको हुने आशा बोकेको रानाकी श्रीमती आफ्ना श्रीमानको यसरी बिचबाटैमा मृत्युभएपछि शोकमा डुबेकी छिन् ।

‘उपचार गर्न वैद्यकहाँ गएर अब निको हुने आशा थियो, तर विच सडकमै श्रीमान पुगाउनु प¥यो । उनले रुदै भनिन् । प्रहरीले मृतक राना र अन्य यात्रुहरुलाई सोही बसमै महेन्द्रनगर पठाएको छ । यसरी कच्ची सडकमा यात्रुहरुको ज्यान थान थालेपछि यात्रुहरु त्रसित भएका छन् । दक्षिणी क्षेत्रका स्थानियहरुले सरकारसंग सो सडक कालोपत्रे गर्नका लागि माग गरेपनि सरकारी उदाशिनता, हेपाह प्रवृती र उपेक्षित व्यवहारका कारण सडक बन्न नसक्दा यस्तो परिमाण घटेको दक्षिणी क्षेत्रका स्थानियहरुले विश्लेषण गरेका छन् ।

कच्ची सडक त्यसमा बिरामी भएका कारण रानाको मृत्यु भएको सो क्षेत्रका स्थानियहरुको भनाई छ । घटनाका प्रत्यक्षदर्शी बेल्डाँडीका स्थानिय मदन भट्टले कच्ची सडकमा बिरामीहरुलाई धक्का परेकाले उनको मृत्यु भएको बताए । ‘कच्ची सडक बर्षातका बेला बिग्रीएको छ, त्यसमा बिरामी हुँदा उनको धक्कापक्काले मृत्यु भएको हो ।’, उनले भने ।

स्थानिय भट्टले कच्ची सडका कारण उनको मृत्यु भएको दावि गर्नुभयो । राज्यको कमजोरीका कारण उनको मृत्यु भएको भट्टको दावि छ । ‘एक पटक यो सडकमा यात्रा गर्दा राम्रै मान्छेपनि, बिरामी हुन्छ, बिरामी मान्छले दुई पटक ओहोरदोहोर गर्दा नमर्ने कुरै भएन् ।’, उनले भने । कालोपत्रे सडक भए, उनको मृत्यु नहुने उनको भनाई छ ।

सरकारी उदाशिनताका कारण आज दक्षिणी क्षेत्रका स्थानिय, गर्भवती महिला, बिरामी, बृद्धबृद्धा, बालबालिकाहरुले अकालमै ज्यान गुमाउन लागेको समस्या दर्साउदै सरकारले उक्त कच्ची सडक यथाशिघ्र कालोपत्रे गराउनुपर्ने उनको सुझाव छ । जिल्लाकै समग्र विकासका लागि पनि सो सडक कालोपत्रे हुनपर्ने स्थानियहरुको माग छ । कञ्चनपुरबाट एक मन्त्री ११सभाषद भएपनि दक्षिणी क्षेत्रका जनताका लागि उनीहरुले मुखै नखोलेका कारण यस्ता समस्या आउन लागेको उनको भनाई छ ।

पूर्व पश्चिमराजमार्ग दैजी देखि बेल्डाँडीसम्म १९ किलोमिटर जंगलको बाटो सुधार नभएका कारण हरेक बर्ष दक्षिणी क्षेत्रका दुई नगरपालिका , दुई गाविसका स्थानियहरु समस्यामा पर्दै आएका छन् । बर्षातका बेला सडक हो, कि रोपाईको खेत जस्तो देखिने उक्त सडकमा दक्षिणी जनताको खुकुरीको धारमा यात्रा गर्नु परेको छ ।

दक्षिणी जनताको मागका वेवास्ता नगर्न समेत संघर्ष समितिले आग्रह गरेको छ । सडक सुधार नभएका कारण मानविय पिडाका साथै राष्ट्रिय उत्पादनमा समेत नराकात्मक प्रभाव पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई