2026-09-18 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

अखिल क्रान्तिकारी कञ्चनपुरको सम्मेलन सम्पन्न, अध्यक्षमा भट्ट

भाष्कर केसी/भदौँ १२, कञ्चनपुर ।
एकिकृत नेकपा माओवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन कञ्चनपुरको ११ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । शुक्रबार देखि महेन्द्रनगरमा शुरु भएको सम्मेलन शनिबार सम्पन्न भएको क्रान्तिकारीले जनाएको छ ।

क्रान्तिकारीले शनिबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै सम्मेलन भव्य रुपमा सफल भएको जनाएको छ । सम्मेलनबाट क्रान्तिकारीका नेता भीम भट्टको अध्यक्षतामा ३१सदस्यी सर्वसम्मतीबाट चयन भएका छन् । उपाध्यक्ष लक्ष्मी जोशी, कविराज धामी(तुफान), सचिव बिरेन्द्रराज विष्ट, सह–सचिव हेमजङ्ग थापा, केदारी राना,कोषाध्यक्ष अर्जुन भट्ट चयन भएका छन् ।

सचिवालय सदस्यहरुमा भुवन विष्ट,दिपक बाँनिया,प्रेम रावत, रुम्का बम रहेका छन् । यस्तै सम्मेलनले पाँच जनालाई राज्य समितिका सिफारिस गरेको अध्यक्ष भीम भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार क्रान्तिकारीका नेता प्रमानन्द जोशी, मान बहादुर राना, गोकर्ण चन्द,कुवेर धामी र दशरत भण्डारीलाई राज्य समितिमा सिफारिस गरिएको छ । सचिव बिरेन्द्र राज विष्टले सम्मेलनबाट क्रान्तिकारीले विभागको समेत जिम्मेबारी तोकेको जानकारी दिनुभयो ।

उहाँका अनुसार उपाध्यक्ष लक्ष्मी जोशीलाई महिला विभाग, सह–सचिव हेमजंङ्ग थापालाई प्रकासन विभागको जिम्मेबारी दिईएको छ । क्रान्तिकारीले चारै निर्वाचन क्षेत्रमा संयोजकको पनि जिम्मेबारी तोकेको छ ।

१ मा केदारी राना, २मा अर्जुन भट्ट, ३मा बिरेन्द्रराज विष्ट र ४ मा कविराज धामीलाई संयोजकको जिम्मेबारी दिएको छ । वर्तमान क्रान्तिकारी कञ्चनपुरको नयाँ कार्य समिति जुझारु,युवाहरुको सशक्त टिम भएकाले जिल्लाको शैक्षिक विकृती बिरुद्ध संघर्ष गर्न गरिने अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राधाकृष्ण जोशीले बताए । टिमले अब शैक्षिक विकृती बिरुद्ध अभियान थाल्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई