बैशाख २०, नवलपरासी । नवलपरासीको सुस्तालाई भारतीय प्रहरी प्रशासनले पटक पटक हरेक काममा बाधा तथा अवरोध पार्ने गरेको छ । 

त्यसै अनुरुप सुस्तामा ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख २०, नवलपरासी । नवलपरासीको सुस्तालाई भारतीय प्रहरी प्रशासनले पटक पटक हरेक काममा बाधा तथा अवरोध पार्ने गरेको छ । 

त्यसै अनुरुप सुस्तामा ज"/>

2026-09-19 06:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको सुस्तामा भारतीयको हेपा परिवृत्ति, नेपाली प्रशासन मौन


बैशाख २०, नवलपरासी । नवलपरासीको सुस्तालाई भारतीय प्रहरी प्रशासनले पटक पटक हरेक काममा बाधा तथा अवरोध पार्ने गरेको छ । 

त्यसै अनुरुप सुस्तामा जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यलय ४ भरतपुर चितवन द्वारा नारायणी नदिमा भइरहेको तटबन्ध कार्यलाई फेरि भारतीय सशस्त्र प्रहरी सिमा बल SSB ले रोक लगाएको छ । 

सुस्तालाई नारायणी नदिको डुबान बाट जोगाउनको लागि भएको तटबन्ध को कामलाई पटक पटक भारतीय सशस्त्र प्रहरी सिमा बलले काम रोक्ने र बिकासको काम जहिले पनि बाधा तथा अवरोध गर्ने गरेको स्थानीयबासीहरुले बताएका छन । 

सो विषयमा स्थानीयबासीहरुले नेपाली प्रहरी प्रशासनलाई खबर गर्दा पनि केही सुनुवाइ नभएको स्थानीयबासीहरुको गुनासो रहेको छ । सुस्ताका स्थानीयबासीहरुले भारतीयको हेपा परिबृती खेप्न परेको छ भने सुस्ताबासीहरुलाई सुरक्षाको अनभुत दिलाउन बसेका सशस्त्र प्रहरी बल र नेपाली प्रहरी प्रशासन मौन रहेको छ ।  

भारतीय सशस्त्र प्रहरी सिमा बल SSB ले तटबन्धको काम गर्न रोक लगाएपछि सुस्ताका स्थानीयबासीहरुले नवलपरासीको क्षेत्र न.६ का माननीय सांसद देवकरण प्रसाद कलवारसंग सो समस्याको समाधान गरिदिनको लागि अनुरोध पनि गरेको थिए । 

स्थानीयबासीको अनुरोध पछी माननीय सांसद कलवार सुस्ता पुग्नु भएको थियो । माननीय सांसद सुस्ता पुगेपछि अवरोध भएको कामको स्थलगत अनुगमन पनि गर्नु भएको र भारतीय सशस्त्र प्रहरी सिमा बल SSB ले सुस्ताका स्थानीयबासीहरुसंग अन्याय अत्याचार गरेको उहाँले बताउनु भयो । साथै सो समस्याको सामाधानको लागि आफुले नेपाली प्रशासनलाई खबर गरेको पनि सांसद कलवारले बताउनु भयो । श्याम थापाको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ