2026-09-18 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

अन्तराष्ट्रिय वेपत्ता दिवस सम्पन्न

भदौ-१३, कञ्चनपुर । स्थानिय शान्ति समिति कञ्चनपुर, कोक्याप कञ्चनपुर, एडभोकेशी फोरम कञ्चनपुरले संयुक्त रुपमा भदौ १३ गते बेपत्ता पारिएका व्यक्तिहरुको सम्झनामा कञ्चनपुरको झलारीमा ३० अगस्ट बेपत्ता सम्बन्धी अन्तर्रा्ष्ट्रिय दिवस मनाएको छ ।

स्थानिय शान्ति समितिका संयोजक गगन सिंहको अध्यक्षतामा सम्पन्न भएको वेपत्ता पारिएका परिवारहरुको सत्य, न्याय र परिपुरणको अवस्था विषयक छलफल कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि कोमलनिरन्जन भाट, कोक्यापकी क्षेत्रीय संयोजक भुवन कुवर र एडभोकेशी फोरमका जिल्ला सयोजक वीर वहादुर विष्टले वेपत्ता छानविन आयोगको नियमावली , सामाजिक सुरक्षा र द्धन्द पिडितहरुको अधिकार लगायतका विषयमा सहजीकरण गरेका थिए ।

छलफल कार्यक्रममा वेपत्ता परिवारहरुका आफन्तहरुले वेपत्ता पारिएका व्यक्तहिरुको अवस्था सार्वजनिक नभएकोमा दुखी रहेको वताए । पिडितहरुले राज्यले वेपत्ताहरुको अवस्था सार्वजनिक गर्नका साथै वेपत्ता पार्नमा संलग्न रहेका अपराधीहरुलाई कार्वाही गर्न राज्य संग माग गरेका थिए ।

नेपालमा सन् १९९६ देखि २००६ सम्म भएको दशक लामो सशस्त्र द्वन्द्वका क्रममा सुरक्षाफौज र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सयौँ मानिसहरुलाई बेपत्ता पारे । ती मध्ये ९ सय हाराहारी मानिसहरु अझै पनि बेपत्ता नै छन् । इन्सेकको तथ्याङ्कअनुसार राज्यपक्षबाट ८ सय २४ र नेपाल कम्युनिस्ट पार्टी ९माओवादी० बाट १ सय ८ जना गरी ९ सय ३२ जनालाई बलपूर्वक बेपत्ता पारिएकोमा उनीहरुको अवस्था हालसम्म अज्ञात नै छ ।

kanchanpur-Insek

२०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको बुँदा नं ५।२।३ मा “दुवै पक्षद्वारा वेपत्ता पारिएका व्यक्तिहरुको तथा युद्धको समयमा मारिएकाहरुको बास्तविक नाम, थर र घरको ठेगाना सम्झौता भएको मितिले ६० दिनभित्र सूचनाहरु सार्वजनिक गरी परिवारजनलाई समेत जानकारी उपलब्ध गराउने” उल्लेख भएको छ । तर सो सम्झौता भएको झन्डै ९ वर्ष बित्न लागिसक्दा पनि बेपत्ताहरुको अवस्था सार्वजनिक गर्ने काम अघि बढ्न सकेको छैन । शान्ति सम्झौतामा उल्लेख भएअनुसार केही समय अघि सरकारले बेपत्ता पारिएका व्यक्ति छानविन आयोग गठन गरेको भए पनि आयोगका प्रावधान पीडितमुखी नभएको इन्सेक जिल्ला प्रतिनिधि कोमलनिरन्जन भाटले वताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई