२१ वैशााख, पर्वत । नेपाल प्रहरीको प्रहरी नायव उपरिक्षक पदमा कार्यरत गंगा पन्तको विरुद्धमा यतिबेला विभिन्न मिडियाहरु प्रयोग भएका छन । पर्वत बसाईबाट वाहवाह कमाएकी पन्तको विरुद्धमा चर्को मिडियाबाजी शुरु भएको हो । उनी अहिले प"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२१ वैशााख, पर्वत । नेपाल प्रहरीको प्रहरी नायव उपरिक्षक पदमा कार्यरत गंगा पन्तको विरुद्धमा यतिबेला विभिन्न मिडियाहरु प्रयोग भएका छन । पर्वत बसाईबाट वाहवाह कमाएकी पन्तको विरुद्धमा चर्को मिडियाबाजी शुरु भएको हो । उनी अहिले प"/>
२०८३, २२ जेष्ठ शुक्रबार
पर्बत - PBT

पर्वतमा चर्चा बटुलेकी डिएसपि पन्तको काठमाण्डौंमा चर्को विरोध

२०७४, २१ बैशाख बिहीबार ०६:०४


२१ वैशााख, पर्वत । नेपाल प्रहरीको प्रहरी नायव उपरिक्षक पदमा कार्यरत गंगा पन्तको विरुद्धमा यतिबेला विभिन्न मिडियाहरु प्रयोग भएका छन । पर्वत बसाईबाट वाहवाह कमाएकी पन्तको विरुद्धमा चर्को मिडियाबाजी शुरु भएको हो । उनी अहिले प्रहरी प्रधान कार्यालयमा कार्यरत छिन ।

उनले फेसवुकमा लेखेको रिप शब्दका कारण उनको विरोध शुरु भएको छ । उनले एक ब्यक्तिको स्टाट्समा प्रहरी प्रमुखलाई रिप शब्द लेखेपछि उनको कार्यशैलीलाई जोडेर प्रचारबाजी शुरु गरिएको छ । पर्वत बसाईमा निकै लोकप्रिय र जनमैत्री प्रहरी सेवा दिएकी पन्तको पर्वत बसाईलाई समेत केहि मिडियाहरुले विवादीत ढङगले लेखेका छन । पर्वत बसाईमा पन्तले उत्कृष्ट सेवा दिएको भन्दै उनको विदाईमा नागरिक समाजले उनलाई नागरिक अभिनन्दन समेत गरेको थियो ।

पन्तले जुवातास नियन्त्रण देखि कालीगण्डकी नदी माथिको अवैध दोहनलाई रोक्नेसम्मका योजनाहरु पर्वतमा कार्यान्वयन गरेकी थिइन । गाउँगाउँमा महिला जागरण मार्फत घरेलु मदिरा नियन्त्रण, घरेलु हिंसा नियन्त्रणमा सक्रिय पन्तले जिल्लामै पहिलो पल्ट नदी दोहन रोक्नका लागि विशेष पहल गरेकी थिइन । जिल्लाका दुई क्रसर सञ्चालकले बर्षौ देखि गरीरहेको नदी दोहन रोक्नका लागि उनको प्रयासमा आम नागरिक समाजले प्रशंसा गरेको थियो । प्राकृतिक सम्पदा माथिको अवैध दोहन रोक्नका लागि पन्तको भूमिका उत्कृष्ट थियो ।

उता, महिला हिंसा न्यूनिकरणको अभियानसंगै हिंसा पिडित महिलाहरुलाई सुरक्षित आश्रय स्थलका लागि जिल्लामै पहिलो पल्ट हिंसा पिडित सेल्टरको समेत निर्माण कार्य शुरु गरिएको थियो । पन्तको सरुवासंगै अलपत्र गरेको उक्त सेल्टर निर्माणका लागि नागरिक समाज र सरकारी कार्यालयहरुले मात्रै झण्डै ५० लाख बढि रकम बोलकोवल सहयोग गरेका थिए । उक्त भवन नागरिक स्तरबाटै निर्माणको प्रयास पन्तले गरेकी थिइन । तत्कालीन पश्चिमाञ्चल प्रहरी प्रमुखले समेत पन्तलाई पश्चिमाञ्चल क्षेत्रमै उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी प्रमुख भएको भन्दै जिल्लाकै एक सार्वजनिक कार्यक्रममा बोलेका थिए ।

राजनैतिक रुपमा तटस्थ भूमिका खेलेकी पन्तको स्थानीय मिडियाहरुले निकै तारिफ गरेपनि केहि राष्ट्रिय मिडियाले भने उनको बारम्बार विरोध भने गर्दै आएका छन । महिला प्रहरी प्रमुख भएर पनि उत्कृष्ट कार्यसम्पादन गरेको आम नागरिकको ठम्माई विपरित प्रहरी सेवाका उनका निकटम प्रतिद्धन्द्धीहरुले भने उनको विपक्षमा बारम्बार मिडियाबाजी गर्दै आएका छन ।

सामाजिक सञ्जाल फेसवुक बढि प्रयोग गर्ने भएका उनले लेखेका केहि स्टाटस र कमेन्टहरु भने विवादमा तानिएका छन । राष्ट्रसेवक कर्मचारीले गरेका सवैखालका गतिविधिहरु आम नागरिकको निगरानीमा हुने भएका कारण उनको सामाजिक सञ्जाल गतिविधि विवादीत देखिए पनि कार्य सम्पादनमा उनले पर्वतमा खेलेको भूमिका भने उत्कृष्ट रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली