2026-09-18 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

विकासका लागि रौतेलीका युवा जुटे

विमल धामी, असोज–४, कञ्चनपुर /  कञ्चनपुरको जिल्लाको दक्षिणी क्षेत्र रौतेलिविचुवाका युवाहरु विकासका लागि जुटेका छन् ।
विकासका काममा युवाको कहिलै सहभागी नहुने यो क्षेत्रका युवा संजाल गठन भए पछि विकासका काममा स्थानिय निकायसंग हातेमालो गर्दै “आप्नो गाउँ आफै बनाउँ ” भन्ने मुल सोचका साथ विकास निर्माणका लागि जुटेका हुन् । रौतेविचुवाका स्थानियहरुले दुई किलोमिटर सडक मर्मत गरेका छन् । बर्षातका बिग्रीएको सडक मर्मत गरेका हुन् ।

साविक रौतेलीविचुवाको वडा नं.७ देखि ८ सम्मको सडक मर्मत गरेको रौतेलिविचुवाका युवा संजालका संयोजक कर्ण बहादुर बुढाले बताउनुभयो । संयोजक बुढाका अनुसार बाटोमा यातायातका साधन चल्न नसक्ने भएकाले खाल्डा खुल्डी पुरेको बताउनुभयो । सडक मर्मत संगै सहज रुपमा यातायात संचालन भएको उनको भनाई छ । स्थानियहरुलाई आवत–जावत गर्न समेत सहज भएको छ । केहि दिन पहिले रौतेलीमा खुल्ला घरेलु मदिरा बन्द गर्ने र घरेलु मदिराका कारण समाजमा आउने बिकृतिका बारेमा समेत समाजमा सचेतना फैलाउनुपर्ने उनको सुझाव छ ।

हामी युवा भएर आज सम्म बिकासका काममा कहिलै नलागेको र हाम्रा आखाँ युवा अभियानले खोलेको उनको अनुभव छ । पहिले दिनभरी तास खेलेर समय बिताउने यहाँका युवा बिकासका काममा जुटेको देख्दा स्थानिय समेत ह्रसित भएका छन् ।

यो काम राम्रो भएको भन्दै गणेश उमाबि भुर्षाका लेखापाल कृतिम बुढाले आप्नो साथ बिकासका लागी सधै युवा संग हातेमालो गर्ने बताएका छन् । आफ्नो गाँउ घर क्षेत्रको विकासका लागि युवा एक जुट हुनुपर्नेमा समेत उक्त क्षेत्रमा स्थानियहरुको भनाई छ । जिल्ला सदरमुकाम भन्दा ३५किलोमिटर टाढा रहेपनि दैजी–बेल्डाँडी सडक सुधार नभएका कारण गाँउको विकासमा समेत बाधा उत्पन्न भएको स्थानियहरुको भनाई छ । गाउँको विकासका लागि उक्त सडक चाँडै कालोपत्रे हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई