Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

विराटनगरको महेन्द्र चोक क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध

By kit

बैशाख २१, विराटनगर । एक सातादेखि नेपाल टेलिकमको टेलिफोन सेवा विराटनगरको महेन्द्र चोकको पश्चिमी क्षेत्रमा अवरुद्ध भएको छ ।

सो सेवा र एडिएसएल सेवासमेत अवरुद्ध भएपछि राष्ट्रिय समाचार समितिलगायत सयौँ टेलिफोन उपभोक्ता मारमा परेका छन् ।

नेपाल टेलिकम विराटनगरका प्राविधिक प्रमुख बच्चुराज खतिवडाले ती स्थानमा सेवा सञ्चालन गर्न अझै १० दिन लाग्ने बताउनुभएको छ ।

महेन्द्र चोकदेखि रोडशेषसम्म करिब एक किलोमिटरको क्षेत्रमा विछ्याइएको केबुलमा चिसो पसेकाले समस्या सिर्जना भएको बताउनुभयो । ती क्षेत्रमा खनेर तार झिक्नुपर्ने भएकाले थप दश दिन लाग्ने उहाँले उल्लेख गर्नुभयो ।

सडक खन्नका लागि सम्बन्धित निकायका साथै ट्राफिक प्रहरीसँग इजाजत लिनुपर्ने कार्य सम्पन्न भइसकेकाले आजैदेखि माटो खन्ने कार्य सुरु हुने उहाँले जानकारी गराउनुभयो । रासस