२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

साधरण सभा सम्पन्न

२०७२, १४ आश्विन बिहीबार १२:३३

असोज १४, कञ्चनपुर / जेष्ठ नागरिक समाज नेपाल कञ्चनपुरले २५ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस पारेर आफ्नो दोस्रो साधरण सभा भव्यताका साथ सम्मपन्न गरेको छ ।

nagarik1
भिमदत्तनगर पालिका वार्ड नं. १८ वरपीपल निकट रहेको राधाकृष्ण मन्दिरमा भएको सो कार्याक्रम जेष्ठ नागरिक समाज नेपाल कञ्चनपुरका अध्यक्ष गंगाराम गिरीको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथीमा केन्द्रिय अध्यक्ष भवानी शंकर खरेल एवं विशिष्ट अतिथीमा केन्द्रिय सदस्य रमेश अर्याल हुनुहुन्थ्यो ।

स्वागत मन्तव्य दिदै पूर्व जिशिअ देवीदत्त भट्टले आफ्नो मन्तव्यको क्रममा जेष्ट नागरिकले समाज सेवा गर्नु पर्ने, आफुुले आर्जन गरेको शिप युवाहरुलाई दिनुपर्ने, हामी संँग बौद्धिक ज्ञान छ भने त्यसको समाज सेवामा प्रयोग गर्नु पर्ने बताउनु भयो । आफ्नो लागि पनि केही रकम जम्मा गरेर राख्नु पर्ने, अहिलेको समयमा सम्पन्न घरका परिवारका सदस्य पनि वृद्धआश्रममा आश्रय लिन बाध्य भएको देखिन आएकोले आफनो लागि पनि केही रकम जम्मा गर्नु पर्ने भट्टले बताउनु भयो ।

nagarik

त्यसै गरी आफ्नो मन्तव्य दिने क्रममा वृद्धआश्रमकी सञ्चालक सारदा चन्दले पनि वृद्ध वृद्धा घरमै अपहेलित छन्, घरमा बस्न नसक्ने वातावरण भएर वृद्धआश्रममा आउनु भएको हुन्छ । जुन बेलामा हेरचाह, स्यार सुसार, मिठो मसिनो खानेकुरा खानेबेला र छोराछोरीको आवश्यता हुन्छ, त्यसै बेलामा घरबाट अपहेलित भएर बस्नु पर्ने हुन्छ । त्यसैले यस्ता जेष्ठ नागरिकको हकहितमा लडिरहेको बताउनु भयो ।

उक्त कार्यक्रममा भि.न.पा.१८की जेष्ठ नागरिक गंगादेवी भट्ट वर्ष ९९ र भि.न.पा.१८का अर्जुन चन्द ९८ लाई दोसल्ला र नगद सहित सम्मान गरिएको थियो । कोषाध्यक्ष गम्भिर सिह विष्टले संस्था लाई विशेष योगदानका लागि र केन्द्रबाट पहिलो आजीवन सदस्य तारा सिह विष्टलाई दोसल्ला ओडाइ सम्मान गरिएको थियो ।

जेष्ठ नागरिक समाज नेपाल कञ्चनपुरका सचिव गोविन्द सिह विष्टले प्रतिवेदन पेस गर्र्दैे वहाँले सेवा निवृत जेष्ठ नागरिक पनि यस संस्थामा रहेकाले कुनै पनि बेला देशको सेवा गर्न आवश्य परेमा सेवा गर्न तयार रहेको भन्दै जेष्ठ नागरिकका विभिन्न मागहरु रहेको मध्ये अस्पताल मा उपचार खर्च निःशुल्क हुनु पर्ने यातायातमा पनि ५०प्रतिशत छुटको व्यवस्था हुनु पर्ने वृद्ध भत्ता पनि नेपाल सरकारले बृद्धि हुनु पर्ने जस्ता माँग रहेको बताउनु भयो । साथै कोषध्यक्ष गम्भीर सिह विष्टले आ.व.०७१÷०७२को आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो भने कार्यक्रम संञ्चालन राम दत्त जोशीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो विषम परिस्थितिमा निर्वाचन गराउन सरकार सफल भयो: कानुनमन्त्री सिन्हा गोरखा-१ मा सुदन गुरुङको अग्रता कायमै १५४ क्षेत्रकाे मतपरिणाम सार्वजनिक मङ्गलबारसम्म आकाश नखुल्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना समानुपातिकतर्फको मतपरिणाम अनुसार रास्वपाले १९ लाख मत प्राप्त १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, ११६ स्थानमा रास्वपाको जित ललितपुर–२ मा रास्वपाका उम्मेदवार जगदीश खरेल विजयी काठमाडौँमा वायु प्रदूषण बढ्यो सुनसरी-१ मा हर्क साम्पाङ विजयी सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने धादिङ–२ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी सुनचाँदीको मूल्य बढ्यो नीति निर्माण तहमा महिलाको सहभागिता आवश्यक : प्रधानमन्त्री कार्की बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा