आफ्नो संगठनका केन्द्रीय सदस्य गोपाल जिसीलाई प्रहरीले समाचार लेखेकै कारण गिरफ्तार गरेको भन्दै क्रान्तिकारी पत्रकार महासंघले त्यसको घोर भत्र्सना एवम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... आफ्नो संगठनका केन्द्रीय सदस्य गोपाल जिसीलाई प्रहरीले समाचार लेखेकै कारण गिरफ्तार गरेको भन्दै क्रान्तिकारी पत्रकार महासंघले त्यसको घोर भत्र्सना एवम"/>
2026-09-19 06:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पत्रकार जिसीको गिरफ्तारीको घोर भत्र्सना

आफ्नो संगठनका केन्द्रीय सदस्य गोपाल जिसीलाई प्रहरीले समाचार लेखेकै कारण गिरफ्तार गरेको भन्दै क्रान्तिकारी पत्रकार महासंघले त्यसको घोर भत्र्सना एवम् कडा शब्दमा निन्दा गरेको छ । क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय अध्यक्ष इन्द्र राउतले एक प्रेस वक्तव्य जारी गर्दै गिरफ्तार पत्रकार जिसीलाई तत्काल रिहाइ गर्न र उनीमाथि ज्यान मार्ने धम्की दिने कांग्रेसी नेतालाई कानुनी दायरामा ल्याएर कारबाही गर्न पनि माग गरेका छन् ।


बिहिबार राती जारी गरिएको वक्तव्यमा भनिएको छ, “हाम्रो संगठनका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघका पर्वतका पूर्व उपाध्यक्ष समेत रहेका नवदृष्टि अनलाइनका पत्रकार गोपाल जिसीलाई समाचार लेखेकै कारण अपराधीलाई जसरी बिहिबार राती साढे ११ बजेतिर अनलाइनको समाचार कक्षबाटै प्रहरीले गिरफ्तार गरेको छ । “कांग्रेस नेता रामचन्द्र जोशीको घरमा सकेट बम” शीर्षकको समाचार प्रकाशित भए लगत्तै १९ बैशाखमा अनलाइनको कार्यालयमा छापा मारेर जिसीमाथि अभद्र व्यवहार गरेको प्रहरीले पुनः मध्येरातमा गिरफ्तार गरेर राज्यआतंक खडा गरेको छ र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप गरेको छ । यस घटनाको हाम्रो संगठन घोर भत्र्सना एवम् कडा शब्दमा निन्दा गर्दछ । गिरफ्तार गरिएका पत्रकार जिसीलाई तत्काल रिहाइ गर्न र समाचार लेखेबापत उनीमाथि ज्यानमार्ने धम्की दिने कांग्रेसी नेताहरुलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न पनि हाम्रो संगठन जोडदार माग गर्दछ ।


प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि निरंकुशता प्रदर्शन गरेर वर्तमान सरकारले आफैले भन्ने गरेको लोकतन्त्र र कानुनी राज्यको धज्जी उडाएको छ । राज्यको यस्तो चरित्रका विरुद्ध आवाज उठाउन हाम्रो संगठन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सरकोकारवाला संगठनलगायत सबैसँग हार्दिक अपील समेत गर्दछ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो