Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक जना घाइते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>बैशाख २२, लहान । </b>पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा गाउँपालिका–२ स्थित जनक चौकमा गएराति बसको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।&nbsp;<br></p><p>पश्चिमतर्फ जाँदै गरेको मे १ ख २२२१ नंको बसले विपरीत दिशाबाट आउँदै गरेको ज ९ प ७१८७ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक धनुषाको पोर्ताहा–८ निवासी सुनिल दासको मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा परी मोटरसाईकलको पछाडि सवार सोही ठाउँका दीपेश पासवान घाइते भएका छन् ।&nbsp;</p><p>ठक्करबाट गम्भीर घाईते भएका दासको मिर्चैयास्थित नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । घाइते पासवानलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएको बताइएको छ । रासस&nbsp;</p>