पर्वत÷पर्वत जिल्लामा जनमैत्री काम गरेर वावाही कमाएकी प्रहरी नायव उपरीक्षक गंगा पन्तलाई काठमाण्डौ पुगेपछि पनि मिडियाहरुले पछ्याइरहेका छन् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत÷पर्वत जिल्लामा जनमैत्री काम गरेर वावाही कमाएकी प्रहरी नायव उपरीक्षक गंगा पन्तलाई काठमाण्डौ पुगेपछि पनि मिडियाहरुले पछ्याइरहेका छन् । 

२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

किन पछ्याईरन्हछन् गंगा पन्तलाई मिडियाहरु …?

२०७४, २३ बैशाख शनिबार ०२:३४

पर्वत÷पर्वत जिल्लामा जनमैत्री काम गरेर वावाही कमाएकी प्रहरी नायव उपरीक्षक गंगा पन्तलाई काठमाण्डौ पुगेपछि पनि मिडियाहरुले पछ्याइरहेका छन् । 

जहाँ वस्यो त्यहाँका जनताको भावना बुझेर काम गर्ने उनको शैलीकै कारण उनी हरेक ठाउँमा लोकप्रिय रहँदै आएकी छिन् । पर्वत जिल्लामा प्रहरी प्रमुख भएर आएकी पन्तले जिल्लामा आएदेखि जिल्लाभित्रका सामाजिक विकृतिहरुका उपर खरो रुपमा उत्रिएका कारण सर्वसाधारणहरु उनको कार्यशैलीप्रति प्रभावित भएका थिए ।

जुवाडेहरुलाई तह लगाउनेदेखि, कालीगण्डकी दोहन विरुद्धको अभियानमा उनी जनताको साथ लिएर एक्लै लडेकी थिइन् । सर्वसाधारणको पहुँचमा प्रहरी सेवा पुर्याउन सफल मानिएकी उनले हिंसा पीडित महिला तथा वालवालिकाका लागि आश्रयस्थल निर्माणमा आफू अघि सरेर करीव ३० लाखको हाराहारीमा रकम जुटाएर घर निर्माण समेत शुभारम्भ गराएकी हुन् ।

काम गरेर मन जित्न सिपालु पन्तलाई पर्वतेली जनताले जानेबेलामा नागरिक अभिन्नदन समेत गरेका थिए । जनताको भावना अनकूल काम गर्ने भएकै कारण लोप्रिय हुने गरेको र जिम्मेवारी दिएका सबै काम प्रभावकारी ढंगले गर्ने भएका कारण उनीसँगैका केही समकक्षीहरु भने उनको कमजोरी माथि खेल्न सकिन्छ कि भनेर लाग्ने गरेका छन् । 

श्रोतका अनुसार उनको कार्य गर्ने शैली र क्षमताप्रति डाहा गर्ने कामचोरहरु नै उनका विरुद्ध मिडिया लगाएर तेजोबध गर्न खोजिरहेका छन्  । केही पितपत्रकारिता गर्नेहरुले उनका राम्रा काम भन्दा पनि कमजोरीहरुको सधैं फलो गरिरहेका छन् । पछिल्लो समय उनले सामाजिक संजालमा दिएको गरेको सामान्य प्रतिक्रियालाई ईस्यू बनाएर समाचारहरु प्रकाशित भइरहेका छन् । 

विषयवस्तु र प्रतिक्रियामा निकै अन्तर भएको विषयलाई समेत वङ्ग्याईटिङ्ग्याई समाचाहरु बाहिर ल्याइएका छन् । उनले सामाजिक संजालमा यसै विषयमा भनेकी छन् –‘मैले एक जना नजिकको भाइको परिवारका सदस्यको मृत्यु भएको हुनाले श्रद्धाञ्जली दिने मनसायले लेखिएको रिप को कुरालाई लिएर सम्माननीय प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीज्यूहरुलाई लेखेको भन्दै भ्रामक ढंगले प्रचार गरिएको देख्दा दुःख लागेको छ ।’ उनले थपेकी छिन्–‘ पोष्ट गरिएको विषयवस्तु र दिइएको प्रतिक्रिया यदि मेल खाँदैन भने त्यो प्रतिक्रियाले त्यो सामग्रीसँग सरोकार राख्दैन भन्ने बुझ्न विवेशकीललाई गाह्रो हुँदैन ।’

उनलाई प्रहरी भित्रै धेरै सम्भावना भएको प्रहरी अधिकृतको रुपमा हेरिने भएकोले केही मानिसहरु षड्यन्त्रपूर्वक फसाउन लागि परिहेको अनुमान सर्वसाधारणले गरेका छन् । यस अघि पनि पन्तलाई मिडियामा धेरै पटक तानिने कोसिस गरिएको थियो । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली